Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हितैषी आर्यन किन आएनन् प्रिमियरमा ?

फिल्मीखबर, काठमाडौँ, 2012/12/28
सुर्दशन थापाको हितैषी मित्र को थिए भन्ने प्रश्न गर्‍यो भने फिल्म ईन्ड्रष्टीका हरेका ब्यक्तिले आर्यन भनी जवाफ दिने गर्थे तर यो कथा अब एकादेशको भएको छ । 
 
सुर्दशनको पछिल्लो फिल्म धन्दाको प्रिमियरमा आर्यन उपस्थित नहुनुलाई ठूलो अचम्म मानिएको छ । उनी मात्र हैन प्रिमियरमा सुदर्शन क्याम्पका निर्देशक दिनेश राउत, एडिटर सुरेन्द्र पौडेल र प्रोडक्सन कन्ट्रोलर सुरज आचार्यको पनि उपस्थिती थिएन । जसबाट स्वत पुष्टी हुन्छ सुदर्शनको क्याम्पमा ठूलै हेरफेर भएको छ । सुष्मा कार्कीसंगको अफएयर ब्रेकअपमा परिणत भएसंगै आर्यन क्याम्प अन्र्तगतका ब्यक्तिसंग सुदर्शन टाढिएको भन्ने बहस प्रिमियर समारोहमा निकै बेर चलेका थिए ।  
 
 
डेब्यू फिल्म मेरो एउटा साथी छ अघिको हिट टेलिफिल्म हाउसफुलका जोडी सुदर्शन र आर्यनले 'के यो माया हो' र 'मेरो लभस्टोरी' मा पनि संगै काम गरे तर मेरो लभस्टोरी रिलिज पश्चात जव सुष्मासंग सुदर्शनको ब्रेकअप भयो त्यस पश्चात भने आर्यनसंग समेत उनको उठबसहमा कमि हुदै गएको धेरै फिल्मी कार्यक्रमहरुमा छर्लङ देखिदै आएको थियो.। हाल सुदर्शन मोडल टर्न हिरोईन पुजा शर्मासंग हरेक उठबसमा देखिदै आएका छन् । जो धन्दाको प्रिमियर समारोहमा आकर्षित भएर आएकी थिईन् ।
 
आज देखि देशभरिका करिब ४५ थिएटरमा रिलिज भएको यो फिल्मको ओपनिङ बिजनेस मिश्रित रहेको फ्राईडे फिल्मसले जनाएको छ । माउथ पब्लीसिटी सकारात्मक तर्फ अघि बढेकाले बिजनेसमा बढ्वा हुने संकेत देखाएको छ यो फिल्मले  ।