Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आजबाट ४८ बर्षमा श्रीकृष्ण

फिल्मीखबर, काठमाण्डौ, 2012/12/29

हिट फिल्म कहाँ भेटिएला रिलिज पश्चात सुस्ताएका श्रीकृष्ण श्रेष्ठले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । शनिबार परेको आफ्नो जन्मदिनका दिन उनले आउँदो फाल्गुन महिना भित्र नयाँ फिल्म लिएर फ्लोरमा जाने बताएका हुन् ।

 

फिल्म ईन्डष्ट्रीमा श्रीकृष्ण आजको मितीसम्म सक्रिय रहेको २४ बर्ष पुगेको छ जसलाई उनले आफ्नो उमेर भनेका छन् । 'ईन्डष्ट्रीमा लागेको २४ बर्ष भयो र यो नै हो मेरो बास्तविक उमेर हो', लामो हाँसो छाड्दै श्रेष्ठले भने । उनले आज बिहानै आफ्नी आमालाई ढोग गरि घर नजिकैका म्ह्पी मन्दिर पुगी आगामी जिवनकालका सुखमय दिनहरुको कामना गरे भने पशुपति नाथ दर्शन गरी आफूमा अभिनयको शक्ति सदा रहिरहोस् भनी कामना पनि गरे । 

 
बर्थ डेको दिन नयाँ कुरा त अबश्य होला नि भन्ने फिल्मीखबरको प्रश्नमा श्रीले भने- 'आउदो फाल्गुन भित्रै नभए चैत सम्ममा नयाँ फिल्म बनाउँदैछु जसमा स्वेता जीको पनि लगानी हुनेछ ।' म्यूजिकल लभस्टोरी आफ्नो नयाँ फिल्मको जनर रहेको भन्दै उनले सो फिल्ममा स्वेता खड्का खेल्ने फाईनल भईसकेको बताएका छन् भने आफ्नो टुङगो लागि नसकेको बताए ।' 
 
फिल्म निर्देशनका लागि चार निर्देशकहरु आफ्नो लिष्टमा रहेको पनि श्रीले बताएका छन् जसमध्ये एकको नाम आउँदो एक हप्ता भित्र फाईनल गर्ने उनको भनाई छ । निर्देशक फाईनल संगै फिल्मको टाईटल पनि सार्वजनिक गर्ने उनले आजको शुभ दिनमा खुलाए । बास्तविक उमेर लुकाएका श्री २०२२ सालमा जन्मिएको उनी निकट एक बरिष्ठ फिल्कर्मीले नाम नबताउने सर्तमा दावीका साथ रहस्य खोलिदिएका छन् । जसबाट पुष्टी हुन्छ श्री आजबाट ४७ बर्ष पुरा भई ४८ बर्षका भएका छन् ।