मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रिदम फस्टलुक प्रोमो

फिल्मीखबर, काठमाण्डौ, 2012/12/29

फाल्गुन पहिलो साता रिलिज हुने तयारीमा रहेको फिल्म 'रिदम' को फस्टलुक प्रोमो रिलिज गरिएको छ । फिल्मीखबर मार्फत पहिलो पटक सार्वजनिक गरिएको यो प्रोमोले देशप्रेमलाई झल्काएको छ ।

 

पारिवारिक प्रेमकथाको साथमा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको फिल्म रिदमलाई विकास आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि निर्देशन गरेका नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें फिल्म भन्दा यो निकै राम्रो बनाएको दाबी गर्दै निर्देशक आचार्यले नेपाली दर्शकलाई फिल्मले छुने बताए । उनले भने, 'बनिरहेका फिल्म भन्दा यसको टेस्ट अलि फरक छ जसले गर्दा दर्शकले मनपराउनु हुन्छ भन्ने मेरो आश छ ।'

 

 

जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको यो फिल्मलाई वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् । निर्माता दाहालले फिल्मको प्रिमियर अष्ट्रेलियामा गर्ने बताए । नायक लुईटेल अहिले अष्ट्रेलियामा फिल्मको प्रिमियरको तयारी गरेको निर्माता दाहालको भनाई छ ।

 

 

बसन्त सापकोटाको संगीत रहेको सो फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । जम्मा तीन वटा गीत राखिएको सो फिल्ममा करियोग्राफी कविराज गहतराज, द्धन्द रोशन श्रेष्ठ र गीत कृष्णहरी बरालको रहेको छ । निर्देशक आचार्यले यसअघिका फिल्मको जस्तै यो फिल्मको गीतले पनि निकै चर्चा पाउने आश राखेका छन् । फिल्मको भिडियो गीत केहि दिनमा सार्वजनिक गर्ने उनको भनाई छ ।
 

 

Click here  Rhythm Audio Songs