
लुट जस्तो सुपरहिट फिल्म निर्माण गरेका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको पछिल्लो फिल्म 'छड्के' को फस्टलुक रिलिज गरिएको छ । बुधबार बिहान राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी प्रोमो र पोस्टरको फस्ट लुक सार्वजनिक गरिएको हो ।

शनिबार नवल खड्काको नेतृत्वमा गठन भएको चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । निर्वाचन प्रक्रियाबाट सत्र सदस्य चयन भए लगत्तै विधान अनुरुप थप तीन सदस्यका लागि र तृतीय उपाध्यक्षका लागि यो कार्यसमितिमा मनोनित गर्दै नियुक्त गरिएको छ ।

कार्तिक १७ गते रिलिज हुन लागेको फिल्म भेटीलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मका कुनै पनि दृश्यमा आपत्ति नजनाई बोर्डले सबैले हेर्न मिल्ने गरेर यू सर्टिफिकेट दिएको निर्माता नारायण खतिवडाले फिल्मीखबरलाई जानकारी गराए ।

दुई बर्ष पश्चात निर्देशक रामाराजा दाहालले पुनः फिल्म निर्देशन गर्ने पक्का भएको छ । यस अघि तीन वटा फिल्म निर्देशन गरिसकेका दाहालले मंगलबार प्रेस मिट गरी नयाँ फिल्म 'भाईरस' निर्देशनका लागि फ्लोरमा जान आफ्नो टिम तयार रहेको बताए ।

कति नेपाली फिल्म रिलिज हुँदै गर्दा पाईरेसी हुन्छन् भने कति डिभिडी बजारमा आउन नपाउँदै पाईरेसी हुन्छन् । यसरी फिल्मको पाईरेसी हुँदा निर्माता र डिभिडी व्यवसायीलाई ठूलो मार पर्ने गरेको छ ।

नीर शाहको स्टाईल पनि अचम्मको छ । रिल लाईफमा 'भेरियसन' दिन निकै माहिर उनी रियल लाईफमा पनि त्यतिकै 'भेरियसन' दिंदा रहेछन भन्ने रहस्य बाहिरिएको हो । उनी विगत १२ बर्षदेखि आफ्नो रहस्यमय जिन्दगीलाई डोर्याईरहेका छन् ।

