दशा कहाँ र कुन बेला लाग्छ कसलाई थाहा हुन्छ र ? यस्तै भएको निर्देशक ऋषि लामिछानेको हकमा । घरमै घाईते भएपछि उनी छ दिन देखि बेड रेष्टमा छन् ।
'राति नौ बजे छिमेकीको घरमा डिनरका लागि बोलाईएको पार्टीबाट फर्किदा घरको गेट निजिक रहेको ढुङ्गामा ठोक्किएर लडेरे घरमै थन्किएको छु', लामिछानेले फिल्मीखबरसंगको फोन सम्पर्कमा भने । छोरीलाई बोकेको अवस्थामा लडेका उनी छोरी बचाउने हुँदा घाईते भएका हुन् ।
ऋषिको देब्रे खुट्टाको लिगामेन्टमा ब्लड ब्रष्ट भएको छ जसकारण उनलाई डक्टरले एक हप्ता अनिवार्य बेड रेष्ट भनेका छन् । 'धन्न खुट्टा चाहिं भाँचिएन तर पनि बेड रेष्टले अरु धेरै काम रोकिएका छन्', उनले भने । उनी हाल 'सरी ल' फिल्मको पोष्टप्रोडक्सनका साथै नयाँ फिल्म 'साथ' निर्माणको प्रि–प्रोडक्सनमा ब्यस्त थिए ।

