Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`एक्टर देखें तर स्टार देखिन` : रमेश उप्रेती

फिल्मीखबर, काठमाण्डौ, 2012/12/28

तीन महिनाको विदा मनाउन नेपाल आएका रमेश उप्रेती झण्डै तीन बर्ष पश्चात प्रिमियर शोको मज्जा लुट्दै थिए । धन्दा प्रिमियर समारोहमा उनी ड्यासिङ लुक्समा देखिंदा मिडियाको घेराउमा पनि परे ।

 

तीन बर्ष अघि उनी कुन फिल्मको प्रिमियर शोमा सरिक थिए त्यो उनले सम्झन सकेनन् तर अहिलेको अवस्थामा हुने गरेको प्रिमियर शो शैली आकर्षक लागेको उनले बताए । यध्यपी फिल्म उद्योगबाट टाढिएको बर्षौ वितिसक्दा पनि यो ईन्डष्ट्रीमा  नयाँ स्टारहरुको जन्म नभएको प्रति चाहि उनको गुनासो थियो । 'आज पनि मैले फिल्म हेरे जुन मेकिङ शैली हिजोको दिनको भन्दा धेरै फरक देखियो अनि आर्टिष्हरुको पर्फमेन्स पनि तर यहाँ मैले एक्टर चाहि देखें तर स्टार चाहि देखिन', धन्दा प्रिमियर शो पश्चात फिल्मीखबरसंग गफिदै उनले भने ।  

 

नेपाल आएको यो मौकामा फिल्म प्रोडक्सन गर्ने तयारीमा समेत जुटेका उप्रेतीले सम्भवत आफ्नो फिल्मबाट करिश्मालाई डाईरेक्सनमा डेब्यू गराउदैछन् । उनले भने- 'करिश्मा जीसंग कुरा भईरा'छ तर फाईनल भा'छैन । अर्को कुरा ढुक्क हुनुस नेपाल आएको यो मौकामा फिल्म चाहि अबश्य बनाउछु ।'