
विकट पहाडी भेग भएर सुन्दर घलेगाँउ पुग्दा हरेक फिल्मकर्मी हर्षित बनेका थिए । विगतका वर्कसप भन्दा यसपटकको वर्कसप कत्तिको फलदायी भयो त्यस बिषयमा निर्देशक समाजले कार्यक्रमको समिक्षा अबश्य सार्वजनिक गर्ला यध्यपी सो स्थानमा गएर फिल्मी माहोल मात्र बनाउन आफैमा चुनौती रहेको भन्दै अधिकांश सहभागी फिल्मकर्मीले वर्कसप सफल भएको ठान्नु पर्ने तर्क गरेका छन् ।

बिगत केहि बर्ष देखि सञ्चारमाध्यममा कार्यरत आरजे तथा भिजे शिशिर भण्डारीमा अचम्मको कला छ । उनी जति मिठो बोल्न सक्छन् त्यति नै राम्रो अभिनय गर्न पनि सक्छन् । कसैको क्यारिकेचर गर्न उनलाई खासै हम्मे पर्दैन ।

मंसिर ७ देखि लमजुङको घले गाँउमा चलेको चलचित्र निर्देशक समाजको वर्कसप हिजो सोमबार साँझ सम्पन्न भएको छ । घलेगाँउ भन्दा पच्चिस किलो मिटर वर बेसीशहरमा उद्घाटन गरी सुरु भएको पाँच दिने वर्कसपको समापन पनि बेसीशहरमा गरिएको हो ।

कर्णाली जिल्लाको सेरोफेरोमा आधारित रहेर निर्देशक उद्धब अबिदितले 'खुर्पा' नामक फिल्म बनाउने भएका छन् । सोमबार राजधानीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फिल्मको मुहुर्त गरे ।

निर्देशक रामराजा दाहालले दुई वर्ष यता आफ्नो मोबाईलमा विभिन्न खाले फोन कलहरु दिनहुँ उठाईरहेका हुन्छन् । दुई वर्षको बिचमा उनलाई नेपालका विभिन्न ठाउँका मानिसहरुले कैयन पटक फोन गरिसकेका छन् । 'दुई वर्षमा मैले लगभग सात हजार भन्दा बढि नयाँ नम्बरको फोन कल उठाईसकेको छु', निर्देशक दाहालले भने ।

१४ बर्ष अगाडी जुन जोश लिएर फिल्म उधोगमा छिरेका थिए अहिले पनि उत्तिकै जोश र जाँगर अनमोल शर्मासँग छ । रेडियो नाटकबाट आफ्नो कला यात्रा शुरू गरेका अनमोलले ०५६ सालमा स्वर्गिय दीपक रायमाझीको निर्देशनमा बनेको फिल्म 'परेली' मा क्ल्याप ठोकेर फिल्मी यात्रा तय गरे । यो १४ बर्षको संघर्षमय यात्रामा दर्जनौं फिल्ममा सहायक निर्देशक तथा मुख्य सहायक निर्देशक भई काम गर्ने अवसर पाए । उनले आफूले पाएको अवसरलाई यसरी आत्मसाथ गर्दै लगे कि आज पनि उनी सबैको नजरमा उत्तिकै असल, मिलनशार र लगनशिल देखिएका छन् ।

