मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20401 - 20406 of 22614
बिएच राना, दोहा, २०६८ माघ २८, शनिवार
बहुप्रतिक्षित चलचित्र 'मिस यू' लाई कतारवासी नेपालीले पहिलो पटक अवलोकन गर्ने मौका पाए । शुक्रबार दिउँसो गरिएको प्रिमियर समारोहमा उपस्थित दर्शकले चलचित्र हेरी सकेपछि राम्रो लागेको प्रतिक्रिया दिए ।
रामचन्द्र नेपाल, क्वालालम्पुर, २०६८ माघ २७, शुक्रवार
विदेशमा नेपाली फिल्म प्रदर्शन हुनु अव सामान्य जस्तै हुन थालेको छ । राम्रा नाम चलेका फिल्महरु सफल भएर पनि फर्केका छन् भने केहि नराम्रा फिल्म फर्कनको लागि टिकट काट्ने पैसा पनि नभएर फर्किएका समाचारहरु पनि आउने गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २७, शुक्रवार
शुक्रबार देखि देशब्यापी प्रदर्शनमा आएको चलचित्र आई एम सरीको बिहिबार प्रिमियर शो आयोजना गरिएको थियो  । आर्यन र केकी स्टारर प्रतिक्षित सिनेमाको प्रिमियर महोल अन्य सिनेमाको प्रिमियर माहोल जस्तो थियो तर सजावटले भने बिग सिनेमा आई लभ यू मय भएको थियो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २७, शुक्रवार
राजनीतिक भिडमा ब्यस्त रहने  प्रधानमन्त्री डा. बाबुराम भट्टराई  बिहिबार ब्यस्तताको बाबजुत चलचित्रकर्मीका बीच एक छिन रोमलिए । चलचित्र  निर्देशक समाजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय चलचित्र वर्कसपको उद्घाटनका लागि उनी प्रमुख अतिथि बनाईएका  थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २७, शुक्रवार
अहिले कतारवासी नेपालीहरूको मुटुको ढुकढुकी निकै बढि रहेको छ । आफ्नो ठाउँमा 'मिस यू' को वर्ल्ड प्रिमियर हुने भएपछि कतारवासी नेपाली दर्शकहरू सो चलचित्र हेर्न निकै आतुर देखिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ माघ २६, बिहिवार
चलचित्र उद्योगलाई उत्थान एवं मर्यादित बनाउने उद्देश्य अनुरुप सरकारले १६ बुदे चलचित्र नीति सार्वजनिक गरेको छ । संचार मन्त्रालयको वेवसाईटमा सार्वजनिक नीतिमा कला सस्कृति शिक्षा र मनोरंजनलाई प्रवद्र्धन गरी स्वच्छ मनोरंजनको रुपमा चलचित्रलाई ब्याख्या गरिएको छ ।
Results : 20401 - 20406 of 22614