


नेपाली फिल्म क्षेत्रका हस्ति निर्माता छबिराज ओझाले बिहिबार आफ्नो जन्मदिन मनाए । नजिकका आफ्ना केहि साथीभाई माझ उनले जन्मदिन मनाए तर आफ्नै श्रीमती रेखा थापालाई भने उनले सम्झेनन् ।

सुपारी लेनदेनलाई सामान्यतया हामी कुनै शुभ अवसरका लागि निम्ता दिएको र लिएको भन्ने बुझ्छौं । तर अहिले नगरकोटमा सुपारीलाई मारकटका लागि प्रयोग गरिएको छ ।

पाँच दिने वर्कसपका लागि ऐतिहासिक जिल्ला लमजुङको घलेगाँउ आईपुगेका निर्देशकहरुलाई स्थानिय गाउँलेले भब्य स्वागत गरेका छन् । चलचित्र निर्देशक समाजको आयोजनामा आज देखि सुरु भएको उक्त वर्कसपलाई पर्यटनसंग जोडिएको छ ।

एक महिने अमेरिका भ्रमण पश्चात महानायक राजेश हमाल स्वदेश फर्किएका छन् । दशै र तिहार मनाउन एवं अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रममा रमाएर उनी हिजो बुधबार स्वदेश फर्किएका हुन् ।

