Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20419 - 20424 of 23724
फिल्मीखबर, काठमाण्डौ, 2012-09-14, शुक्रवार

हृदयघातका कारण अल्पआयुमा निधन भएका कलाकार निर्मल खड्को तेर्‍हौं पुण्य तिथिको दिन चलचित्र कलाकार संघले उनको योगदानको चर्चा गर्‍यो । शुक्रबार अपरान्ह श्रद्धाञ्जली सभा आयोजना गर्दै चलचित्र कलाकार संघले अनामनगर स्थित आफ्नै कार्यालयमा निर्मलको फिल्मी योगदानको चर्चा गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-14, शुक्रवार

राजधानीको बालाजुमा अवस्थित अष्टनारायण हलले नेपाली फिल्म बडीगार्ड नचालाए पछि हल सञ्चालक त्रिरत्न मानन्धर र निर्माता सुशिल पोखरेल बिचको सम्बन्धमा दरार आएको छ ।
 

विष्णु प्र. सुबेदी, काठमाण्डौ, 2012-09-14, शुक्रवार

तीजका अवसरमा वर्ष भरी भेटहुन नपाएका चेलीहरु भेट भएर सुख दुःख साट्नु त राम्रो हो । तर तीजको अवसरमा आयोजना हुने हरेक कार्यक्रममा झुण्डाइने दर खुवाउने कार्यक्रम भन्ने बाक्यले भने यो दिनको महत्वलाई घटाउदै लगेको छ । नारीहरुको महान चाड तीजका अवसरमा माइतीले छोरी चेलीलाई डाकी दर खुवाउने परम्परा अहिले पाँच तारे होटल सम्म पुगेको छ । वर्ष दिनभरी घर परिवारबाट प्राप्त पिडालाई तीजको अवसरमा गीत मार्फत संगीहरुसँग साट्ने मौलिक परम्परा अहिले विस्तारै परीवर्तन हुदै आएको छ । यो कुराले रेखालाई झन् चिन्तित तुल्याएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-14, शुक्रवार

तीन बर्ष पश्चात अभिनेत्री करिश्मा मानन्धर आज पुनः अमेरिका जादैछिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-14, शुक्रवार

नायक जीवन लुईटेलको व्यस्तताल् अड्किएको फिल्म 'माई ब्रदर' को डबिङ बल्ल सकिएको छ । लामो समयको पर्खाई पश्चात जीवनले समय निकाले पछि डबिङ सकिएको निर्देशक बिष्णु भट्टराईले फिल्मीखबरलाई जानकारी दिए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-14, शुक्रवार

ओपनिङ कलेक्सनमा ठूलो आश राखेको फिल्म बडीगार्डलाई बन्दले ठूलो झट्का दिएको छ । आज शुक्रबारबाट देशभरका ७५ भन्दा बढि हलमा एकसाथ प्रदर्शनमा आएको उक्त फिल्म आजको १२ बजेसम्मको नेपाल बन्दको शिकारमा परेको हो ।
 

Results : 20419 - 20424 of 23724
Most Visited News (monthly)