Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनसनमा बसेका मुकेश ढकालको स्वास्थ्य अवस्था बिग्रियो

फिल्मीखबर, काठमाण्डौ, 2013/02/01

 

चार दिन देखि आमरण अनसनमा रहेका हिरो मुकेश ढकालको स्वास्थ्य अवस्था विग्रिएको छ ।  आमरण अनसनमा बसेका उनी सहित निर्देशक समाजका सचिव एम.एस अग्रज, कलाकार निला बस्नेत र अर्का निर्देशक सूर्य रेग्मीको पनि स्वास्थ्य अवस्थामा समस्या आएको छ ।
 
'एम.एस जीको चाहि ब्लड प्रेसर बढेको छ अरुको पुरै डाउन भएको छ त्यस मध्ये मुकेशजी पुरै कमजोर भईसक्नु भो', संयूक्त आन्दोलन संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलले जानकारी गराए ।  स्वास्थ्य अवस्था विग्रिएपछि चाबहिल स्थित  ओम नर्सिङ अस्पतालबाट आएका डाक्टरहरुले तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने वा अनसन तोड्न आग्रह गरेको सुरेशले जानकारी गराएका छन् । तर हिरो मुकेश भने आन्दोलनले टुङगो नपाए सम्म कसैको आग्रह नमान्ने अडानमा छन् । 
 
स्वास्थ्य अवस्था विग्रिएपछि राष्ट्रिय मानवअधिकार आयोगको पनि यो बिषयमा ध्यानकर्षण भएको  छ । आन्दोलनलाई टुङग्याउने बिषयमा सञ्चार मन्त्रालयमा हिजो देखि भईरहेको बार्तामा यो घटनाले सरकारलाई थप दवाव दिएको छ । सम्भवत सञ्चार मन्त्रालयमा बिहान ११ बजे  देखि चलिरहेको बार्ता सहमतिमा टुङिग्ने अवस्था पनि रहेको संघर्ष समितिले जनाएको छ । बार्ता टुङिग्नका लागि उठाईएका नौँ बुदे मागमा सचिव स्तरबा टनै लिखित सहमति हुने अवस्था देखिएको छ ।