Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20395 - 20400 of 24004
फिल्मीखबर, काठमाण्डौ, 2012-11-29, बिहिवार

कलंकी हलका म्यानेजर मदन शाक्यले फिल्मसँग सम्बन्धित संघसंस्थाले आफूलाई दु:ख पर्दा पनि वास्ता नगरेकोमा आक्रोश व्यक्त गरेका छन् । आफूलाई समस्या परेको बेलामा फिल्मसँग सम्बन्धित संघसंस्थाले वेवास्ता गरेको प्रति उनले आक्रोश पोखेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-29, बिहिवार

लभर व्याय भएर फिल्ममा देखिन लागेका रेशले केहि नर्भस समेत भएको बताए । उनले भने, 'जीवन साथी (आफूलाई माया गर्ने दर्शक) खोज्दै छु त्यसैले केहि नर्भस छु ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-28, बुधवार

ब्रायन एडम्स तथा एमएलटिआर पश्चातको अर्न्तराष्ट्रिय स्तरको तेस्रो कन्सर्टको लागि पनि मास्टर अफ सेरेमोनी (एमसी) को रुपमा दिनेश डिसी चयन भएका छन् । पर्सी शुक्रबार हुने चर्चित पाकिस्तानी गायक आतिफ अस्लमको कन्सर्टका लागि ओडसी ईन्टरटेन्मेन्टले डिसीलाई पुनः चयन गरेको हो ।

 

फिल्मीखबर, काठमाण्डौ, 2012-11-28, बुधवार

माघ १९ को मितीमा रिलिज हुने तयारीमा रहेको मन्जरी फिल्मको रिलिज डेट हेरफेर भएको छ । निर्देशक गणेश देव पाण्डेले मध्य जाडोमा दर्शक फिल्म हलमा नजाने संकेत देखाउदै रिलिज डेट हेरफेर गर्नु परेको बताए । अब यो फिल्म फाल्गुन २५ गते रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-28, बुधवार

निर्देशक दिपेन्द्र के खनालले नेपाली फिल्म उधोगका लागि राम्रै योगदान दिने प्रयास गर्दैछन् । अहिले सम्म कसैले गर्न नसकेको थ्री डी फिल्म उनले तयार गर्दैछन् । तर पनि नेपाली फिल्मकर्मीहरूले अझै नपत्याएको प्रति दिपेन्द्रको गुनासो छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-11-28, बुधवार

सञ्चारकर्मीहरूको फिल्म प्रतिको मोह दिनप्रति दिन बढ्दो छ । कोही अभिनय तर्फ होमिएका छन् त कोही निर्देशन तर्फ । बिशेषगरी फिल्म पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूमा यो झुकाव देखिन्छ ।
 

Results : 20395 - 20400 of 24004