मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

रेखाको `काली` लाई टाँसीले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/31

गएको बर्थ डेमा डाईरेक्सनमा डेब्यू गर्ने भन्दै स्क्रिप्ट समेत तयार गरिसकेकी रेखा थापाले अन्तत: आफ्नो ड्रिम प्रोजेक्टलाई हिमग्याप टाँसीको पोल्टोमा राखिदिएकी छिन् ।

 

आफ्नै ड्रिम प्रोजेक्टलाई उनले किन टाँसीको पोल्टोमा राखिदिईन् त्यस भित्रको आन्तरिक कारणहरु धेरै हुन सक्लान् तर सर्वप्रथम टाँसीका केही छोटा फिल्म एवं म्यूजिक भिडियो मेकिङ शैलीबाट आफू प्रभावित भएको भन्दै रेखाले यो प्रोजेक्ट निर्देशनको जिम्मा टाँसीलाई दिएको न्यूयोर्कमा आयोजित प्रेस मिटमा उनले रहस्य खेलेकी छिन् । 'नमस्ते अमेरिका-२'को आयोजनामा हुने विभिन्न १६ वटा कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी रेखाले बरिष्ठ अभिनेत्री गौरी मल्ल सहित अमेरिकामा पत्रकार माझ टाँसी आफ्नो फिल्मको पहिलो डाईरेक्टर हुने रहस्य खोलेकी हुन् ।

 

 

'काली' रेखा फिल्मस् मार्फत आउदो जेठ महिना देखि फ्लोरमा जाने बताईएको छ । जसमा लगानी रेखा र अमेरिकामा रहेका केही एनआरएनहरुको हुने जानकारी दिईएको छ । यध्यपी रेखा फिल्मस् छवि ओझासंग रिलेटेड रहे पनि छविको नयाँ कम्पनी छविराज प्रोडक्सनसंगको साँझेदारी चाहि सम्भवत सो फिल्ममा हुने छैन । तर रेखाले फिल्मीखबरसंगको कुराकानीमा भनेकी छिन्- 'रेखा फिल्मस् पनि त ड्याडी (छवि) कै हो नि !'


कालीको कथा गायक तथा नायक यस कुमारको हो जसलाई स्क्रिप्टमा ढाल्ने काम बरिष्ठ सञ्चारकर्मी अश्विनी कोईरालाले गरेका छन् । यध्यपी रिसर्च बेसको यो फिल्मको स्क्रिप्ट लेखन अझै नसकिएको रेखाले फिल्मीखबरसंगको फोन सम्बादमा भनेकी छिन् ।  काली पुरुष बेश्याको कथामा आधारित रहेकाले रिसर्च अझै बाँकी रहेको रेखाको भनाई छ । यता टाँसी पनि रेखाको ड्रिम प्रोजेक्ट आफ्नो पोल्टोमा परेपछि दङ्ग छन् । उनले भने- 'मेरो केही काम हेरेपछि रेखाजीले यो फिल्म निर्देशनका लागि बचन दिनुभएको छ र म पनि उहाँको प्रोजेक्ट गर्न पाउदा हर्षित छु ।'

 


टाँसी छोटा फिल्म निर्देशनको अनुभव बटुलेका शिक्षित र क्षमतावान नयाँ फिल्ममेकरको रुपमा उद्योगमा चिनिन थालेका छन् । उनले गत मंसिरमा लमजुङमा आयोजना भएको चलचित्र निर्देशक समाजको वर्कसमा उत्कृष्ट फिल्म बनाए वापत प्रथप पुरस्कार जितेका थिए । जसको प्रदर्शन न्यूयोर्कमा पनि गरिदा उनी प्रतिको थप्पडी र प्रशंशाका शब्द थप बढेका छन् ।

 

लमजुङमा बनाएको छोटो फिल्म मन्सरी हेरेपछि उनको चर्चा फिल्मी मार्केटमा ह्वात्तै बढ्दा उनलाई कलाकार संघका अध्यक्ष नवल खड्काले मेघा बजेटको नयाँ फिल्म भिमदत्त निर्देशनको जिम्मा पनि  दिईसकेका छन् । अहिले टाँसीको हातमा भिमदत्त तथा सिमलको फुल सहित रेखाको फिल्म पनि हात पर्दा उनी आउदो ६ महिना भित्रै  ब्यस्त निर्देशकको सूचिमा पर्ने निश्चित देखिएको छ ।

 

नायिका रेखाले अमेरिकामा दिएको वक्तव्य यस्तो छ -


 

तस्विर : फोटोहेर डटकम
भिडियो : युएसनेपालअनलाईन डटकम