Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नियुक्ती पत्र बुझ्दै पप्पुले भने- `बोर्ड पनि जान्न राजिनामा पनि दिन्न`

फिल्मीखबर, काठमाण्डौ, 2013/01/30

सञ्चारमन्त्री राजकिशोर यादवको एकल पहलमा गत शुक्रबार चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त भएका धर्मेन्द्र मरवैता (पप्पु)ले आज आफ्नो नियुक्ती पत्र बुझेका छन् । उनले अपरान्ह साढे तीन बजे सञ्चार मन्त्रालयबाट बोर्ड अध्यक्षको नियुक्ति पत्र बुझेका हुन् । उनी नियुक्ती पत्र बुझ्न बिहान ११ बजे प्रवेश गरी साँझ ४ बजे मात्र सिंहदरबारबाट बाहिरिएका थिए ।

 

आज नियुक्त पत्र लिए पनि पप्पु तत्तकाल बोर्ड नजाने भएका छन् । 'यो आन्दोलनलाई निकास दिन मेरो र उहाँहरु (आन्दोलनरत फिल्मकर्मीहरु) को बार्ता पनि हुँदैछ, त्यसैले बार्ताको निर्णय अनुसार म बोर्ड जाने छु', पप्पुले नियुक्ती पत्र लिए पछि भने । तर पप्पुले राजिनामा दिएर आन्दोलनलाई सेफ ल्याण्ड गराउन आन्दोलरत फिल्मकर्मीको दबाब आईरहेकाले सो बिषयमा भने आपत्ती जनाएका छन् । उनले भने- 'यदि यस्तो कुरा गरिन्छ भने म बोर्ड पनि जान्न र राजिनामा पनि दिन्न ।'

 

यस्तै पप्पुले औपचारिक रुपमा बोर्डको कार्यभार नसम्हालेको अवस्थामा आफ्नो स्वीकृतिमा हिन्दी फिल्म 'रेश टु'को सेन्सर गरिएको भन्ने समाचार केही मडियाबाट बाहिरिएको बिषयमा पनि आपत्ती जनाएका छन् । उनले भने- 'मैले पत्र नै नबुझेको अवस्थामा कसरी सेन्सर गराउन सक्छु ? त्यसैले मेरो नाम जोडिएर आएको त्यो समाचार प्रति पनि खण्डन छ । 'रेश २ बोर्ड सदस्य सचिव सचिव धनराज ज्ञावाली  मार्फत सेन्सर  गराईएको बुझिएको छ ।  ।