आफू अभिनित फिल्म 'रिदम' को प्रिमियर सहित घुमघामका लागि अष्ट्रेलिया पुगेका नायक जीवन लुईटेल अचानक इन्डोनेशिया पुगेका छन् । अष्ट्रेलियामा आज हुने भनिएको फिल्म 'मालतीको भट्टी' को रिलिज पोस्टपोण्ड गरेर उनी इन्डोनेशिया पुगेका हुन् ।
शनिबार मात्र जाकार्ता पुगेका जीवनले फिल्मीखबरसँगको फोन सम्पर्कमा अचानक फिल्मको रिलिज रोकी इन्डोनेशिया पुगेको बताए । तर उनी त्यहाँ पुग्नुको कारण भने विशेष हुनुपर्दछ। उनले केहि दिनको इन्डोनेशिया बसाई पछि अष्ट्रेलिया पुन: फर्कने बताए । तर, यो यात्रा अष्ट्रेलिया नभई जापान पनि हुन सक्ने सम्भावना उनले देखाए । 'केहि आन्तरिक काम छन् जसले गर्दा जापान पनि जान सक्छु', जीवनले भने ।
.jpg)
आज शनिबार अष्ट्रेलियाको क्विन्सल्याण्डको किर्न्स शहरमा फिल्म मालतीको भट्टीलाई रिलिज गर्ने अन्तिम तयारी गरेका थिए । 'अचानक इन्डोनेशिया आउनु परेकाले एक साताका लागि रिलिज पोस्टपोण्ड गरिएको हो', जीवनले भने- 'अर्को साता म नभए पनि आयोजकले देखाउने छ ।'

