फाल्गुन ११ मा रिलिज हुन लागेको प्रतिक्षित फिल्म छड्केले प्रचारप्रसारलाई तिब्र पार्दै नयाँ गीत रिलिज गरेको छ । हाती भालु बोलको उक्त गीतमा बिशेषगरी चर्चित अभिनेता सौगात मल्लको चरित्रलाई प्रस्टाउन खोजेको देखिन्छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म छड्केलाई प्रिन्सेस मुभिज र रस ताण्डवको संयुक्त व्यानरमा नरेन्द्र महर्जन र माधव वाग्लेले निर्माण गरेका हुन् । ग्याङस्टार यो फिल्ममा पछिल्लो समयमा चर्चित अनुहारहरू सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, रबिन तामाङ, सुनिल पोखरेल र अर्पण थापाको साथमा प्रतिक राज न्यौपाने, विपिन कार्की, निकुन श्रेष्ठ, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ ।
चितवनमा छायाँकन गरिएको यो फिल्ममा नाइट व्यान्डको संगीत, संजय लामाको छायांकन, योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, लोकेश बज्राचार्य र दिर्घ खड्काको सम्पादन रहेको छ ।

