Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

दुई महिनाका लागि आन्दोलन स्थगित/ तीन बजे सञ्चारमन्त्रीले अनसन तोडाउने

फिल्मीखबर, काठमाण्डौ, 2013/02/01

 

सञ्चारमन्त्री राजकिशोर यादवसंग आन्दोलनरत फिल्मकर्मीको बार्ता सफल भएको छ । उठाईएका नौ बुँदे मागलाई दुई महिना भित्र कार्यान्वयन गर्ने सहमति गर्दै आन्दोलन स्थगित गर्ने सहमति भएको जानकारी संयूक्त आन्दोलन संघर्ष समितिले दिएको छ ।
 
 
'यो आन्दोलन टुङिग्एको चाहि हैन दुई महिना सम्मका लागि स्थगित गरिएको हो तसर्थ दुई महिना भित्र पनि हाम्रा माग कार्यान्वयन नभएमा पुनः हामी आन्दोलनमा उत्रिने छौ', बिकास बोर्ड परिसरमा यो खबरलाई माईक मार्फत सुनाउने क्रममा निर्देशक आकाश अधिकारीले भने । तत्काल आन्दोलन स्थगित गर्ने सहमति गरिएकाले सञ्चारमन्त्री बोर्ड परिसरमा अहिले अपरान्ह ३ बजे उपस्थित चलचित्र बिकास बोर्ड परिसरमा आएर अनसनकारीको अनसन तोडाउँदैछन्  । 
 
 
यता अनसनकारीको अवस्था बुझ्न र आन्दोलनमा ऐक्यबद्धता जनाउन नेपाली काँग्रेस नेता रामचन्द्र पौडेल चलचित्र विकास बोर्ड परिसरमा आएका थिए । अपरान्ह करिब १२ बजे तिर बोर्डमा आएका नेता पौडेलले आन्दोलनकर्मीको माग जायज भएको भन्दै आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए ।