
११ बर्ष पछिको प्रेमलाई नायक यशराज गरचले बैबाहिक रूप दिंदैछन् । काठमाण्डौ स्थायी घर भएकी अञ्जना मिश्रसँग बिराटनगरका स्थायी बासिन्दा यशराजले माघ १९ गते बिबाह गर्न लागेको फिल्मीखबरलाई जानकारी दिए ।

शायद तपाईलाई थाहा नहुन सक्छ रोज राणा बिवाहित हुन् भनेर तर उनी विगत ६ बर्षदेखि बिवाहित रहेको रहस्य खुलेको छ ।

'स्टेजबाट नै आएको हुँ त्यसैले स्टेजमा नै बढि रमाईलो लाग्छ', पछिल्लो समय फिल्म भन्दा बढि स्टेज शोमा व्यस्त रहेका कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) ले फिल्मीखबरसँगको भेटमा भने, 'दर्शकको प्रतिक्रिया पनि छिटो पाइन्छ अनि दाम पनि राम्रै पाइन्छ त्यसैले स्टेजमा नै म बढि रमाउँछु ।'

छविराज प्रोडक्सनको पहिलो फिल्म हमेशामा अनु शाह अनुबन्ध भएकी छिन् । यस अघि विनिता बराललाई सो प्रोजेक्टमा अनुबन्ध गर्ने खबर बाहिरिए पनि अन्तत: गेष्ट अपेरियन्समा अनुलाई हमेशा यूनिटले लिएको हो ।

पौष २७ गते रिलिज हुने बताईएको फिल्म 'अध्याय' को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले कथालाई सस्पेन्स बनाए पनि फिल्म पूर्ण प्रेमकथामा आधारित रहेको बताईएको छ ।

बन्द कोठामा एकनाशले गीत गुन्जिरहेको छ । सबैजना रक्सीले मत्त छन् । माहौल निकै गरमागरम छ । मानिसहरु आउने जाने क्रम चलिरहेको छ । त्यहि बीचमा चार जना लक्का जवानहरुको प्रवेश हुन्छ, बन्द कोठाभित्र । पहिल्यै केहि मत्त भएर आएका उनीहरु बन्द कोठा प्रवेश संगै बजिरहेको संगीतमा झुम्न थाल्छन् ।

