मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फाल्गुन ४ मा मौसमीको समय आउने

फिल्मीखबर, काठमाण्डौ, 2013/02/03

रिलिज डेट सर्दा सर्दा अन्तत: मौसमी मल्लको समय फाल्गुन ४ मा आउने भएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार अब ४ गतेबाट कुनै पनि हालतमा फिल्मको रिलिज डेट सर्ने छैन ।

 

अभिनेत्री मौसमी मल्लसँग मिलेर सन्देश श्रेष्ठले निर्माण गरेको फिल्म 'समय'लाई दयाराम दाहालले निर्देशन गरेका हुन् । निर्माता मल्लले आफ्नै छोरो विक्कीलाई यहि फिल्मबाट रजतपटमा चिनाउँदै छिन् । विक्कीलाई अनस्क्रिन साथ सुरभी बिष्टले दिएकी छिन् । यि दुईका अलावा फिल्ममा राजेश हमाल, मौसमी मल्ल र सुशिल क्षेत्रीको मुख्य भुमिका रहेको छ । लक्ष्मण शेषको संगीत समावेश फिल्मलाई दुई पुस्ताको रोचक कथा भनिएको छ । विष्णु कल्पितको छायाँकन तथा रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको यो फिल्ममा गोबिन्द राईको नृत्यनिर्देशन रहेको छ ।

 

मंसिर महिनामा रिलिज हुने भनिएको यो फिल्म माघ १९का लागि पोष्टपोण्ड भएको थियो । फिल्मकर्मीको आन्दोलनले गर्दा १९ मा रिलिज हुन नसकेपछि मौसमीले फाल्गुन ४ गतेका लागि सारेकी हुन् । समयसँगै उक्त मितीमा केपी पाठकले निर्माण तथा निर्देशन गरेको फिल्म मैना पनि रिलिज हुनेछ ।