रोज राणाको ईशारामा चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष धेर्मेन्द्र मरवैता (पप्पु ) हिडेको रहष्य छर्लङ्ग भएको छ । डेढ महिना सम्म भएको आन्दोलनमा कुनै पनि दिन आफ्नो उपस्थिती नजनाएका रोज र पप्पुको यो सम्बन्ध कसरी बन्यो त्यो समिक्षा एकदिन हुने नै छ तर आज पहिलो हाजिरका लागि बोर्ड पुगेका पप्पुको साथमा रोज देखिदा अचम्मको बिषय बन्यो ।
रोज सहित पप्पुलाई निर्देशक एवं कलाकार कमल कृष्ण, विशाल बिष्ट लगायत अर्का निर्माता मधुकुमार श्रेष्ठले पनि साथ दिएका थिए । त्यस अलावा रोजले मान्ने केही फिल्मकर्मीहरु तीर्थ थापा, मदनदास श्रेष्ठ तथा मोहन निरौला पनि स्वागत कार्यक्रममा बोलाएका थिए । यध्यपी उनीहरुले आन्दोलनमा आफूहरुलाई खबर नगरिएको अवस्थामा आजको स्वागत कार्यक्रममा खबर गरिएकाले स्वागतका लागि आएको बताए ।
मन्त्रीसंगको बार्ता कार्यक्रम देखिनै रोजले पप्पुलाई समर्थन गरेका थिए । जसको डिजाईन रोजले भखैरै मात्र किनेको नयाँ बानेश्वर स्थित रोज मेरी क्याफेमा धेरै सिटिङ गरिएका थिए । पप्पुले केही नेशनल लेवलका जर्नलिष्टहरुलाई पनि सोही क्याफेमा बोलाएर ईन्टरभ्यू दिनु नै यसको प्रमाण पनि हो । श्रोत अनुसार रोजको निर्णय अनुसार नै आज बोर्ड पुगी पप्पुले कार्यभार सम्हालेका हुन् ।
.jpg)
श्रोत भन्छ- 'रोजले आज नजा भनेको भए पनि पप्पु बोर्ड नजान सक्थे तर आन्दोलनको सेफल्याण्ड भएकाले पप्पु बोर्ड पुगेका हुन् ।' पप्पुलाई बोर्ड कर्मचारीले माला एवं खादा लगाएर स्वागत गरेका थिए । स्वागतमा बोर्ड सदस्य रामा मण्डल उपस्थित थिए भने अन्य दुई सदस्य बिकास आचार्य र निलहरी काफ्लेको उपस्थिती थिएन । यध्यपी उनीहरुको उपस्थिती स्वागत समयमा नभए पनि आन्दोलनको क्रममा राजिनामा दिन आएको प्रस्तावलाई उनीहरुले स्वीकार नगर्नु पनि पप्पु प्रतिको सफ्ट कर्नर उनीहरुमा रहेको श्रोत भन्छ ।
सरकारसंग भएको ११ बुदे सम्झौता अनुसार आन्दोलन स्थगित हुनुलाई बाहिरी रुपमा जित भनेपनि आन्दोलनरत फिल्मकर्मीहरुले यसलाई हारकै रुपमा लिएका छन् । जस अनुरुप पप्पुलाई आज स्वागत गर्न प्रमुख संस्था कलाकार संघ तथा अगुवाको रुपमा रहेको निर्देशक समाजका प्रतिनिधि देखिएनन् । उता निर्माता संघबाट पनि उपाध्यक्ष आकाश अधिकारीको जर्वजस्त उपस्थितीले के जनाउछ भने अध्यक्ष राजकुमार राई लगायतका अन्य सदस्य पप्पुको बोर्ड आगमनबाट देखावटी रुपमा मात्र खुशी छन।

स्वागत कार्यक्रममा प्राविधिक संघ, द्धन्द संघ र आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधिको उपस्थिती थियो । रोजले पप्पु पुरानो साथी रहेको भन्दै उनको समर्थनमा हिड्को प्रतिक्रिया दिएका छन् । जसकारण आज चलचित्र बिकास बोर्डमा पप्पुले सम्बोधन गरेको लिखित पत्रको कन्सेप्ट पनि रोजले नै तयार गरिदिएको बुझिएको छ । स्वागत कार्यक्रममा सम्बोधन गर्ने क्रममा पप्पुले पढेर लिखित भाषण दिदा उनको क्षमतामाथि पनि प्रश्न उठेका थिए । एक सञ्चारकर्मी विवादमा पर्न नचाहने भन्दै भन्छन्- 'पप्पु जीको क्षमता भएको भए उहाँले पढेर सम्बोधन गर्नु हुदैन थियो जसले उहाँलाई कमजोर देखायो ।'
पप्पुले करिब डेढ मिनेट लगाएर आफ्नो लिखित भनाई राखेका थिए । जहाँ उनले हरेक महिनाको अन्तिम शुक्रबार बोर्डको बैठक राख्ने र हरेक हप्ता पत्रकार सम्मेलन गरी बोर्डको गतिविधिको जानकारी गराउने उल्लेख गरेका छन् ।

