Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20371 - 20376 of 24004
अनुप भट्टराई, मकवानपुर,हेटौडा, 2012-12-05, बुधवार

सिन्धुपाल्चोकको चिसापानी र दोलखाको मुडेमा मात्र सुटिङ गर्ने भनिएको नो स्मोकिङको सुटिङ मकवानपुरको हेटौडा आसपासमा पनि हुने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-04, मंगलवार

आगामी शुक्रबार अर्थात मंसिर २२ गते रिलिज हुन लागेको  फिल्म 'थ्री लभर्स' लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रहोबरमा हेर्न पाउने गरी सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार अन्तिम पटक फिल्म हेरे पश्चात केहि सिन र संवाद समेत हटाउन लगाउँदै सेन्सर बोर्डले पिजी सर्टिफिकेटका साथ प्रदर्शनको अनुमती दिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-12-04, मंगलवार

छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म 'उमा' को सुटिङ सकिएको छ । काठमाण्डौ र काभ्रेको खापोसी गाउँमा २८ दिन सुटिङ गरि आईतवार फिल्मको सुटिङ सकिएको हो । तर फिल्मको अफिसियल इण्डक्ल्याप भने दुई साता पश्चात गरिने निर्देशक शेर्पाले फिल्मीखबरलाई जानकारी गराए ।


 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-04, मंगलवार

हिजो सोमबार देखि फिल्म 'झोले'को सुटिङ शुरू भएको छ । दिपेन्द्र के. खनालले निर्देशन गर्ने यो फिल्मको धादिङको कोल्पुटारमा सुटिङ भईरहेको छ । दुई दिनको सेड्यूल निकालेर धादिङ पुगेको झोले युनिट आज साँझ काठमाण्डौ फर्कने छ र भोलीबाट राजधानीमा नै करिब २० दिन सम्म सुटिङ चल्ने छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-04, मंगलवार

माघ १२ गते रिलिज गर्ने योजनाका साथ पब्ल्सिटीको शुरूवात गर्दै फिल्म 'सि-माला' को अफिसियल प्रोमो रिलिज गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-12-04, मंगलवार

यसअघि पनि महानायक राजेश हमाल हिन्दी फिल्म रावोडी राथोरमा अभिनय गरेको भनेर हल्ला गरिएको थियो । अनलाईन विश्वकोषको रूपमा परिचित विकिपिडियामा महानायक हमालले पनि अभिनय गरेको उल्लेख गरिए पछि यस्तो हल्ला गरिएको थियो । यस्तै नेपाली फिल्मका अर्का स्टार दिलिप रायमाझी हिन्दी फिल्ममा अभिनय गरेको विकिपिडियामा उल्लेख छ ।
 

Results : 20371 - 20376 of 24004