नायक निखिल उप्रेतीको कान्छी श्रीमती सञ्चिता लुईटेलको गर्भबाट दोस्रो सन्तानको रूपमा जन्मेकी छोरी सहिसाको शनिबार राजधानीमा पास्नी अर्थात भात ख्वाई कार्यक्रम सम्पन्न गरियो । तर, छोरीको पास्नीमा बुबा निखिल भने उपस्थित भएनन् ।
अभिनेत्री सञ्चिताले निखिल मुम्बईमा एक फिल्मको सुटिङमा व्यस्त रहेकाले आउन नपाएको बताए पनि पारिवारिक झमेला अझै नसुल्झिएकाले निखिल नेपाल नआएको बुझ्न सकिन्छ । सञ्चिता भन्छिन्- 'मैले प्रोग्राम फिक्स गरेर कार्ड वितरण गरिसकेकी थिएँ तर उहाँको छुट्टी मिलेन र आउनु भएन ।' सञ्चिताका अनुसार निखिल आगामी शनिबार मात्र छोरी भेट्न आउने छन् ।
सञ्चिताको छोरीको पास्नीमा फिल्म उधोगका चर्चित अनुहारहरू हरिबंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, दिलिप रायमाझी, आर्यन सिग्देल, मुकेश ढकाल, बसुन्धरा भुषाल, अरूणिमा लम्साल, रमेश उप्रेती, डा. भोला रिलाज, आकाश अधिकारी सहितका अन्य फिल्मकर्मी, सञ्चारकर्मी तथा सञ्चिताको आफन्तहरूको उपस्थिती रहेको थियो । पास्नीमा छोरी सहिसालाई आशिर्वाद दिन आएका फिल्मकर्मीहरू मज्जैले नाचेर माहोललाई रोमाञ्चित बनाएका थिए ।
डेढ बर्ष अगाडी भाद्र ४ गते छोरा निलेशलाई जन्म दिएकी सञ्चिताले गत भाद्र ४ नै गते छोरीलाई जन्म दिएकी हुन् ।










