Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20365 - 20370 of 23724
फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

असोज १९ गते रिलिज हुन लागेको फिल्म 'भिसा गर्ल' लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार साँझ बोर्डले फिल्म हेरे पश्चात कुनै पनि दृश्यमा अपात्ति नजनाई सबैले हेर्न मिल्ने गरेर 'यू' सर्टिफिकेट दिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

दुई साता अघि प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएको ७० बुँदे माग पत्र कार्यान्वयन नभएको भन्दै मोहन बैध नेतृत्वको नेकपा माओवादीले ताम्सालिङ क्षेत्रका दश जिल्लामा हिन्दी फिल्म चलाउन तथा गीत संगीत सहित कुनै पनि हिन्दी सामाग्री प्रकाशन, प्रसारण एवं वितरणमा रोक लगाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

अर्न्तराष्ट्रिय कलाकार संघको २० औँ साधारण सभामा भाग लिन चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकी क्यानेडाको टोरन्टो प्रस्थान गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

तीन बर्ष अघि अभिनेत्री करिश्मा मानन्धरले आफ्नो 'ब्रेष्ट' मा रेड रोज ट्याटु बनाउँदा सो बिषयले निकै चर्चा पाएको थियो । यस्तै गत बर्ष करिश्माले ट्याटु बनाएको स्थानमै अर्की हिरोईन सुष्मा कार्कीले पनि सूर्यको ट्याटु खोपेकी थिईन् तर अहिले आएर सुष्मा र करिश्मा अघि अभिनेत्री मौसमी मल्लले ट्याटु बनाएको रहस्य बाहिरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

साईलेन्स कम्पनी अर्न्तगत रहेर लाजिम्पाटमा दुई बर्ष कार्यालय सञ्चालन गरेका सम्पादक सुरेन्द्र पौडेलले दोस्रो पटक कार्यालय परिवर्तन गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-26, बुधवार

रिलिजको बिषयलाई लिएर यस अघि कुनै पनि कार्यक्रम नगरेको सो युनिटले रिलिज पूर्वको तीन दिन अघि फिल्मको अडियो विमोचन गरेको छ ।

Results : 20365 - 20370 of 23724
Most Visited News (monthly)