Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बर्थ डेमा `मौसमी` आईसियूमा भर्ना

फिल्मीखबर, काठमाण्डौ, 2013/02/11

अभिनेत्री मौसमी मल्ल आईतवार राति आईसियूमा भर्ना भएकी छिन् । लामोसमय देखि अस्वस्थ रहँदै आएकी मौसमीले आईतवार त निकै गार्‍हो भएकाले कलंकीको शहिद मेमोरियल अस्पतालमा भर्ना भएको बताईन् ।


आज अर्थात सोमबार मौसमीको ४४ औं बर्थ डे हो । 'बर्थ डेको अवसर पारेर एउटा कार्यक्रम गर्ने योजना थियो तर अचानक अस्पतालमा भर्ना हुनुपर्‍यो', मौसमीले भनिन् । मौसमीले फिल्मकर्मीको आन्दोलनको समय देखि नै स्वास्थ्य ठिक नभएको बताईन् । उनले भनिन्- 'आन्दोलनका बेला नै बिरामी थिएँ, अनसनमा बसें अनि त्यसको प्रभाव अहिले देखियो ।'

 

२०२५ साल माघ २९ गते चितवनको भरतपुरमा जन्मिएकी मौसमी अहिले आफूले निर्माण गरेको फिल्म 'समय' को रिलिजको तयारीमा छिन् । 'उता फिल्मको रिलिज मिती नजिकिंदै छ यता म बिरामी को बिरामी,' मौसमीले थपिन्- 'मेरो समय ठिक छैन जस्तो छ ।' रिलिज डेट सर्दा सर्दा मौसमीको समय फाल्गुन १८ मा पुगेको छ । आधाआधी त यही फिल्मको पिरले पनि बिरामी परेको मौसमी बताउँछिन् ।

 

अस्वस्थ रहेकी मौसमीलाई शिघ्र स्वास्थ्यलाभको कामना सहित जन्मदिनको शुभकामना पनि !