Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टामा ४१ वटा फिल्मको मात्र सहभागिता !

फिल्मीखबर, काठमाण्डौ, 2013/02/12
 
 
भईरहेका अवार्ड कार्यक्रमहरु समय अनुसार परिमार्जित हुन नसक्दा अवार्ड कार्यक्रमहरु प्रति फिल्मकर्मीहरुको चासो घट्दै गईरहेको देखिएको छ । यध्यपी यहि भिडहरुमा केही हदसम्म प्रशंशा बटुलेको नेफ्टा अवार्डको निर्धारित तालिकामा उतार चढाव आईदिदा यस अवार्ड प्रति पनि फिल्मकर्मीहरुको रुची हराएको जस्तो देखियो । तर केही महिना ढिला गरेर भएपनि मंगलबार चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु)ले छैठो संस्करणको अवार्डलाई विभिन्न संघसंस्थाका प्रतिनिधि एवं फिल्मकर्मीमाझ शुभारम्भ गरे । 
 
 २०६८ श्रावण १  देखि २०६९ असार मसान्त सम्म रिलिज भएका ६४ वटा फ्रेस फिल्महरु मध्ये ४१ वटा फिल्म मात्र यो अवार्डमा सहभागी भएका छन् । जुन सहभागितालाई  गत बर्षको भन्दा उत्साहजनक  मान्न सकिन्न । प्रतिशतको हिसावमा हेर्ने हो पछिल्लो संस्करणमा रिलिज भएको मध्येबाट ७० प्रतिशत फिल्म सहभागी थिए तर यो पटक ६४ प्रतिशत मात्र  फिल्महरुको सहभागिता छ । तर यता शुभारम्भ कार्यक्रममा आयोजक चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिम्लिसनाले अवार्डमा फिल्महरुको संख्या अझै बढ्ने सक्ने विश्वास देखाएका छन् । 
 
यस बर्षदेखि कान्तिपुर टेलिभिजनसंगको सहकार्यमा हुन लागेको यो अवार्डका लागि ६ जना जुरीहरु छनौट कार्य भोली सकिनेछ । जुरी छनौटका लागि २४ जना फिल्मकर्मीको नाम सिफारिस गरिएको छ । गत बर्षको अवार्ड भन्दा यस बर्षको अवार्ड चुस्त दुरुस्त र विवाद रहित बनाउने दृणताका साथ नेफ्टाले ३१ विद्या सहित जुरी र पपुलर अवार्ड पनि वितरण गर्नेछ । अवार्ड नयाँ बर्ष २०७० को बैशाख महिनाको दोस्रो हप्ताको शनिबार वितरण गरिने बताईएको छ ।