Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवनले भने नीताको गाला रातै (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/02/12

'बैंशले हो कि लाजैले हो यो कान्छिको गाला रातै....' नायक जीवन लुईटेलले नायिका नीता ढुंगानालाई फिल्म नोटबुकमा भएको गीतको एक अंश हो । चैत्र ३० गते रिलिज हुन लागेको नोटबुकको प्रस्तुत गीत आज सार्वजनिक गरिएको हो ।


नेपालको निकै सुन्दर र रमणिय स्थानको रूपमा चिनिएको इलाममा छायाँकन गरिएको प्रस्तुत गीतमा बसन्त सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ । गीतको करियोग्राफी भने कविराज गहतराजले गरेका हुन् । जीवन लुईटेल, नीता ढुङगाना र नयाँ हिरो शेन सापकोटाको त्रिकोणात्मक प्रेमकथामा बनेको यो फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

 

प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्मको कथा निर्देशक घिमिरेकै हो भने पटकथा तथा संवाद शिबम अधिकारीको रहेको छ । फिल्ममा संजय लामाको छायाँकन रहेको छ ।