Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपालगञ्जमा महानायक हमाल र कोमल सँगै नाचे दर्शक

विष्णु शाही, नेपालगञ्ज, 2013/02/11

'मध्यपश्चिम क्षेत्रमा नै पहिलो पटक सिमामा सदभाव' भन्ने नाराका साथ नेपालगञ्जमा शुरु भएको प्रथम इण्डो नेपाल खेलकुद तथा अर्न्तराष्ट्रिय स्तरको सांगीतिक कन्सर्टमा सहभागी हुन नेपालका चर्चित कलाकारहरु नेपालगञ्ज आएका थिए ।

 

नेपालगन्जको महेन्द्र रंगशालमा जारी तीन दिने संगीत महोत्सवमा हालसम्म नेपालका चर्चित कलाकार तथा गायक गायिकाहरुले आफ्नो प्रस्तुती राखिसकेका छन् । क्रियटिभ ह्यान्डसको आयोजनामा समिट ग्रुपको सहकार्य तथा अन्तरालको व्यवस्थापन भइरहेको कन्सर्टमा आज सोमबार चरि दादाको नामले परिचित गौतम प्रसाद सापकोटा, उदयमान गायक विपी वाग्ले, सुनिल सिंह ठकुरी, शिव परियार, गायिका रितु कडेल, चन्दा धिसिङ, रिमा गुरुङ होडा, नलिना चित्रकारले आ-आफ्ना चर्चित गीतहरु दर्शकमाझ पस्केका थिए ।

 

 

चलचित्र चपली हाइटकी नायिक विनिता वरालले भने वलिउड फिल्म डटि पिक्चरको उल्लाला उल्लाला.. वोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । अन्तिम दिनको कन्सर्टमा आकर्षकको रुपमा रहेका महानायक राजेश हमाललाई कार्यक्रमको अन्त्यमा लोक गायिक कोमल वलीले स्टेजमा वोलाउदा दर्शकलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । सीमा क्षेत्रमा सदभाव बढाई दुई देश विच आपसी मेलमिलाप, सहकार्य तथा सम्बन्ध सुमधुर बनाउनमा सहयोग पुर्याउन कन्सर्टको आयोजना गरिएको आयोजकले जनाएको छ ।