Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपकरण व्यवसायी संघमा डिक खड्का अध्यक्ष

फिल्मीखबर, काठमाण्डौ, 2013/02/11

नेपाल चलचित्र उपकरण व्यवसायी संघको दोस्रो बार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । सोमबार अनामनगरमा आयोजित उक्त सभाले नयाँ कार्यसमिती समेत चयन गरेको छ ।

 

 

२८ जना सदस्य रहेको उक्त संघमा दुई बर्षको कार्यकालका लागि डिक खड्का अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । यसअघि उनले कार्यवाहक अध्यक्षको रूपमा संघलाई डोर्‍याएका थिए । यस्तै संघमा उपाध्यक्षमा रबिन्द्र बराल, महासचिवमा सम्राट सापकोटा, कोषाध्यक्षमा प्रज्ज्वल शमशेर जबरा तथा सदस्यहरूमा माधव थपलिया, अर्जुन तिमल्सिना, रूद्र कुईंकेल, दिनेश महरा, शान्ति थापा पनि निर्बिरोध निर्वाचित भएका छन् । उपस्थित २६ जना सदस्यको सल्लाहमा उल्लेखित सदस्यहरू निर्बिरोध निर्वाचित भएका हुन् ।

 

 

यस्तै संघले आजै सल्लाहकार समितीमा पूर्व अध्यक्ष भिम राना, फिल्मकर्मी आकाश अधिकारी र ज्योती लाल रानालाई चयन गरेको छ । २०६५ साल साउन २२ मा स्थापना भएको यो संघको पहिलो अध्यक्ष भिम राना हुन् । निकै कम सदस्य रहेको यो संघमा लगानी भने निकै धेरै रहेको छ । उपकरणको रूपमा हेर्दा यो संघमा दर्ता भएका सदस्यको लगानी मात्रै करिब ३० करोड रहेको नवनिर्वाचित अध्यक्ष खड्काले बताए । यस्तै उनले छिट्टै नै आफ्नो संघमा सदस्यको संख्या करिब ४५ को हाराहारीमा पुग्ने बताए ।

 

अध्यक्ष पदमा निर्वाचित भएपछि निर्वाचित फिल्मीखबरसंग कुरा गर्दै खड्काले भने- 'उपकरण र प्रबिधिमा परिवर्तन आईरहेको छ । यसलाई व्यवस्थित गरेर अगाडी बढाउने चुनौती हामी सामु आएको छ ।' चलचित्र बाँचे सबै बाँच्ने भन्दै यो उधोगको विकास तथा सहयोगमा आफ्नो संस्था सदैब अग्रसर रहने उनको भनाई थियो ।