

केहि तामाङ फिल्ममा अभिनय गरेकी नायिका चन्दा घिसिङ गायिका समेत हुन् । उनले आजै मात्र आफ्नो एकल एल्बमको बिमोचन गराईन् ।

एक गीतको सुटिङ बाँकी राख्दै प्रोड्यूसर फिल्मको शनिबार ईन्डक्ल्याप गरिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको यो फिल्मलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् ।

नायिका रेजिना उप्रेतीको प्रस्तुतीमा कविता श्रेष्ठले निर्माण गरेको फिल्म 'वरदान' को प्रोमो सार्वजनिक गरिएको छ ।

निर्माता एवं चर्चित कलाकार केशव भट्टराईले सो सिम्पल फल्प भएको तनावमा अमेरिकी डिभी भरेका छन् । डिभी भर्ने अन्तिम दिन हिजो शुक्रबार साँझ करिब ८ बजेको समयमा भट्टराईले तितो सत्यमा अभिनय गर्ने एक कलाकारको साथमा घट्टेकुलो स्थित एक कम्युनीकेशनबाट डिभी फारम भरेका हुन् ।

फिल्मको पब्लिसिटी गर्ने तरिका सबैको आ-आफ्नै हुन्छ । यहि पब्लिसिटीको नयाँ फन्डा स्वरूप फिल्म 'थ्री लभर्स' युनिटले तिहार सकिए लग्गतै खुलामञ्चमा एक भव्य कन्सर्टको आयोजना गर्ने भएको छ ।

