Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हँसियामा हेमा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/24

म्युजिक भिडियो निर्देशनमा दख्खल मानिएका मिलन चाम्सले निर्देशन गरेको फिल्म 'हँसिया' मा मोडलिङमा राम्रो स्थान लिएकी हेमा श्रेष्ठलाई फिचर गरिएको छ । जसको फस्टलुक केहि दिन अगाडी सार्वजनिक गरिएको छ ।

 

मेरो प्यारो माईतीघर, बनमा फुल्यो फुल, मेरो बारूली कम्मर, सयौं जुनी जस्ता चर्चित गीतमा मोडलिङ गरेकी हेमालाई मिलनले हँसियामा एक्सन गर्लको रूपमा प्रस्तुत गरेका छन् । निर्माण टिमका अनुसार फिल्मको हिरो नै हेमा हुन् । अनुप सापकोटाको कथा रहेको यस फिल्मलाई सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङले निर्माण गरेका हुन् । राजकुमार श्रेष्ठको द्धन्दनिर्देशन रहेको यो फिल्मका छायाँकार रोशन श्रेष्ठ हुन् ।