गत शुक्रबार अर्थात चैत्र ९ गते रिलिज हुन नसकेको प्रतिक्षित फिल्म 'मञ्जरी' बैशाख २०मा रिलिज हुने भएको छ । बिबिध कारणले रिलिज पोस्टपोण्ड गरेको निर्माण युनिटले फिल्म हेर्न कुरिरहेका दर्शकहरूसँग क्षमा माग्दै झण्डै डेड महिना पर सरेर रिलिज डेट तय गरेको छ ।
फिल्म पोष्टपोण्ड गर्नु हाम्रो उद्देश्य थिएन तर सेन्सर बोर्ड र वर्तमान राजनैतिक अवस्थाले गर्दा हामी सार्न बाध्य भएका हौ,' निर्माता महेश चालिसेले भने- 'यसबाट दर्शकमा पर्न गएको असुबिधा प्रति मञ्जरी युनिट क्षमायाचना गर्दछ ।' बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई निर्देशक गणेश देब पाण्डेले प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ । फिल्मका गीत यहिबेला निकै चर्चित भईरहेका छन् ।

