
दशै तिहार सकेर मात्र स्वदेश फर्किने तयारीका साथ तीन महिना अघि अष्ट्रेलिया उडेका हिरो बिम्लेष अधिकारी तिहार अघि नै स्वदेश फर्किएका छन् । उनी हिजो सोमबार नेपाल फर्किएका हुन् ।

सोमबार साँझ सात बजेको समयमा ५.७ रेक्टर स्केलको भुकम्प गएको छ । संयूक्त राष्ट्रसंघको ब्युरो अफ क्राईसेस प्रिभेन्स २००४ को रिपोर्ट अनुसार विश्वका १ सय ९८ मुलुक मध्ये नेपाल भुकम्पीय जोखिमका हिसावले ११ औँ स्थानमा पर्दछ । तसर्थ भुकम्पीय हिसावले यो जोखिम देशमा जन्मिएका फिल्मकर्मीहरुलाई सोमबार साँझको भुकम्पको महसुस कसरी गर्नुभयो भनी फिल्मखबरकर्मी अनुप भट्टराईले सोधेका थिए ।

फिल्मीखबरले आजबाट मोबाईल एसएमएस क्विज कन्टेस्ट शुरू गरेको छ । उक्त क्विज कन्टेस्टमा नेपाली फिल्मसँग सम्बन्धित रहेर प्रश्न गरिने छ र सहि उत्तर पठाउने मध्ये दुई जनालाई हरेक साता दुई/दुई वटा फिल्मको टिकट उपलब्ध गराईने छ ।

नायिका रेजिना उप्रेती बेलायत भ्रमणमा रहेको समाचार बाहिर आउनासाथ उनलाई कार्यक्रममा सहभागी गराउन खोज्ने संस्थाहरुको लामै लाइन लागेको छ । दशैं तिहारको मौसम भएर होला यतिखेर बेलायतमा थुपै कार्यक्रमहरु भइरहेको छ ।

टेलिभिजनमा काम गर्दाको जस्तो सहजता फिल्म मेकिङमा कहाँ हुन्छ र सायद यहि भएर होला निर्देशक जनकदीप पराजुलीले आफ्नो पेशालाई पुनः यू टर्न गर्दैछन् ।

फिल्म क्षेत्र र कलाकारबारे पोखरामा बसेर समाचार लेख्दै आएका पत्रकार रेम बिक फिल्मी दुनियाँमा नायकको रूपमा डेब्यू गर्दैछन् । फिल्मीखबर डट कमका लागि पोखरा संवाददाताको साथमा बिग एफएम र आदर्श नेपाल दैनिकमा कार्यरत बिकले अभिनय गर्ने फिल्म भाईरसको बुधबारदेखि काठमाण्डौंमा छाँयाकन शुरु हुँदैछ ।

