Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सिड्नीमा `सिमाला`को प्रदर्शन

फिल्मीखबर, सिड्नी, 2013/03/24

लम्जुङको आदर्श तथा बालबिकास केन्द्रको सहयोगार्थ २३ मार्चमा फिल्म 'सिमाला'को सिड्नीमा प्रदर्शन गरिएको छ । सिड्नीको हर्स्टभिलको सिभिक थियटरमा प्रदर्शन गरिएको यस फिल्म हेर्न थुप्रै दर्शकको सहभागीता थियो । 

 

YFC Club को आयोजनामा भएको फिल्मको प्रदर्शनीमा नायक मनोज आरसी पनि सहभागी थिए । उनी केहि दिन अगाडी मात्र फिल्मको प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलिया पुगेका हुन् । दर्शकहरुबाट राम्रो प्रतिकृया पाएर दङ्ग परेका मनोजले दर्शकहरुसँग अन्तर्कृया पनि गरे । लक्ष्य, वीर गणेशमान, सिमालामा अभिनय गरेका मनोजले ग्रेटर नेपाल नामक डकुमेन्ट्रीको निर्माण समेत गरेका थिए ।


अपिल बिस्टले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा प्रमुख नायकको भूमिकामा अनुबन्ध भई सकेका मनोज अहिले अपिलसँग सिड्नीमा बिभिन्न लोकेशन हेर्नमा व्यस्त छन् । नाम नजुराइएको अपिल बिष्टले निर्देशन गर्ने यस फिल्मलाई अष्ट्रेलियाको आल्प इन्टरटेन्मेन्ट र अमेरिकाको प्लेनट३ फिल्म्स संयुक्त रुपमा निर्माण गर्दै छ । स्मरण रहोस् यिनै कम्पनीहरुले मिलेर फिल्म ॠतुको निर्माण गरेका हुन् जसको अहिले पोस्टप्रोडसनको काम भईरहेको छ ।