
करियोग्राफी विद्यामा जमिरहेका बेला दुई महिना अघि अचानक सन्यास घोषणा गरेका गोविन्द राई फिल्म निर्देशक भएर आउने निश्चित भएको छ ।

ललितपुरको गोदावरी पार्क र काठमाण्डौको दशरथ रंगशालामा नायिका रेखा थापा र नायक किशोर खतिवडाले रोमान्स गरेको भिडियो फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।

दुई बालबालिका र एउटा परेवाको वरिपरी कथा घुमेको फिल्म 'कारा' को अफिसियल प्रोमो रिलिज गरिएको छ । गत जुलाई महिनामा फस्ट लुक रिलिज गरेको निर्माण युनिटले अहिले केहि नयाँ कुरा थपेर साढे दुई मिनेटको प्रोमो रिलिज गरेको हो ।

केही मगर भाषाको फिल्म निर्देशनको अनुभव बटुलेका निर्देशन सञ्जय काउछा मगरले मुलधारे फिल्म निर्देशनलाई अघि बढाएका छन् । मंगलबार बिहान अनामनगर स्थित नुतन स्टूडियो परिसरबाट उनले आफ्नो नयाँ फिल्म 'डु यू लभ मी ?' को मुहुर्त गर्दै सुटिङ सुरु गरे ।

नेपाली फिल्ममा प्रयोग भएका अस्लिल संवाद तथा दृश्यहरूमा सेन्सर बोर्डले आपत्ति जनाउँदै आएको त हामीले पढ्दै र भोग्दै आएका छौं । तर, यहाँ एउटा यस्तो फिल्म पनि छ जसमा सेन्सर बोर्डले संवाद तथा दृश्यहरूमा आपत्ति नजनाई शिर्षकमा आपत्ति जनाएको छ ।

सुस्ताएको नेपाली फिल्मको व्यवसायले गर्दा अहिले निर्माताहरू सुस्त देखिन थालेका छन् । दिनप्रतिदिन फिल्मको व्यापारमा र्हास आएका कारण फिल्मकर्मीहरूमा जोस जाँगर मरेर गएको छ । तर यो अवस्थामा फिल्म निर्माण कम होला त झन फिल्मको अवस्था बिग्रला भन्ने डर देखेका निर्माता प्रदिप उदयले फिल्म निर्माण गर्ने बताएका छन् ।

