Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा रंगियो भिजिलान्ते

अर्पण ढकाल, दमक, 2013/03/27

 

देशभर फिल्मको पब्लिसिटी सहित फिल्म हलमा थ्रीडी प्रणालीमा फिल्म देखाउने सम्बन्धमा हल संचालकसंग छलफल गर्न निस्केको फिल्म भिजिलान्ते टोलीले पूर्वान्चलमा प्रोमोसनसंगै होली पनि मनाएको छ । हिजो बेलुका पूर्वको दमक आइपुगेको फिल्मको टोली आज होली खेल्दै काठमाडौँ फर्केको छ ।

 


 

 

थ्रीडी इन्कोड भई मुम्बईबाट फिल्म आइपुगेको र थप प्राबिधिक काम गर्नुपर्ने भएकोले भ्रमणलाइ छोटो बनाएको निर्देशक दिपेन्द्र के. खनालले बताए । फिल्मको टोलीले आज दमक स्थित पाथिभरा एफ.एम. पुगेर होली खेल्दै फिल्मको प्रोमोशन समेत गरेको थियो । एफ.एम.ले आयोजना गरेको कार्यक्रममा भेला भएका स्रोतहरुलाई फिल्मको बारेमा निर्माण टोलीले जानकारी गराएका थिए ।

 

 

टोलीमा निर्देशक खनाल, नायक राज घिमिरे, वितरक नरेन्द्र महर्जन, सम्पादक दिर्घ खड्का एवं प्रोडक्सन कन्ट्रोलर बुद्धिलाल मगरको उपस्थती रहेको थियो । त्यस्तै दमककै निलकण्ठ हलमा थ्रीडी टेस्ट पनि गरिएको थियो । चैत्र २३ गते देशभरका हल मार्फत रिलिजमा आउन लागेको नेपालकै पहिलो थ्रीडी प्रबिधिमा निर्माण गरिएको फिल्म देशका अधिकांश हलमा चस्मा लाएर थ्रीडी प्रविधिमै देखाउने प्रयास भैरहेको वितरक नरेन्द्र महर्जनले बताए ।