मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

आश्मा हैन संयूक्ता पहिले : संयम पुरी

फिल्मीखबर, काठमाण्डौ, 2013/03/28

आजबाट कान्छो हिरो सयंम पुरी २० बर्ष पुरा भई २१मा प्रवेश गरेका छन् । शायद हिरो संयमले अफर गरिएका धेरै फिल्म रिजेक्ट गरे बरु त्यसको बदलामा डम्बर नेपालीको एक म्यूजिक भिडियो निर्देशन गरे र उनले आफ्नो बायोग्राफीलाई अझ प्रशंशा योग्य बनाउन सफल भए ।


संयमले छविराज प्रोडक्सनको नयाँ फिल्म लोफर पनि खेल्न मानेनन् । छवि ओझाको फिल्म खेल्न नमान्नुका कारण पछाडी उनको र छवि बीचका आफ्नै तर्क होलान् तर पैसामा कुरा नमिलेपछि आफूले फिल्म छाडिदिएको संयमको तर्क छ । सायद पश्चात संयमले एक बर्षको अवधिमा करिब १ दर्जन फिल्म रिजेक्ट गरेको अवस्था छ । पहिलो फिल्मबाट स्टार हुने छनक देखाएका उनले गोपीकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेलको भान्जी तथा प्रोड्यूसर प्रदीप दाहालको छोरीसंग रोशन हमालको नयाँ फिल्मका लागि अनस्क्रिन रोमान्स गर्ने तयारी गरिरहेका थिए तर त्यो प्रोजेक्ट फ्लोरमा जान अझै समय लाग्ने रोशन बताउछन् ।  

 



टेलिभिजन कार्यक्रम वान डे खिच्ने क्रममा संयम र आष्मा नजिक भएका थिए त्यस पश्चात उनीहरु रियल लाईफकै ब्यायफ्रेण्ड गर्लफ्रेण्ड बन्न पुगेका थिए तर बर्थ डे वीसको मामलामा भने संयमको बहिनी अघि भएकी छिन् । संयमलाई ठीक १२ बजे बहिनी संयूक्ताले विस गरेकी थिईन् त्यस पश्चात घरका अन्य सदस्यले । संयमको बहिनी संयूता १७ बर्षकी छिन् । मेनेजमेन्टकी स्टुडेन्ट उनी एस कलेज नयाँ बनेश्वरमा कक्षा एघारमा पढ्छिन् । संयमको ११ बर्षका भाई पनि छन् उनको नाम संयोग हो उनी कक्षा ५मा पढ्छन् ।



बर्थ डेको आजको दिनमा घरबाट केही नजिक रहेको बटुक भैरवको दर्शन गरी संयमले आफ्नो करिअरको सफलताको कामना गर्दैछन् भने साँझ फ्यामेली डिनर पार्टीमा केक काट्दैछन् ।