Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

फष्टलुक : कर्कश सुन्दा झर्को हेर्दा कस्तो ? (ट्रेलर र पोष्टरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/28

कर्कश शब्दको अर्थ झर्को हो तर यो शब्द प्रयोग बोलिने भाषमा ज्यादा प्रयोग भएपनि हेर्दा त्यस्तो नरहने कर्कश टिमले बताएको छ । जेष्ठ ३१मा रिलिजका लागि तयार यो फिल्मको फष्टलुक ट्रेलर र पोष्टरहरु आज रिलिज गरिएका छन् ।

 

म्यूजिक भिडियो र विज्ञापन मेकिङमा नाम कमाएका आशिफ शाहले यो फिल्मलाई जि.टू.वान प्रोडक्सन ब्यानर मार्फत डेब्यू गर्दै निर्देशन गरेका हुन् । फिल्मलाई पूर्ण कर्मिशिल बनाउन अचार जस्तो स्वाद पस्किन खोजेको आशिफको तर्क छ । कुमारी थिएटरमा आज बिहान फिल्म मेकिङ र काष्ट सेलेक्सनका सम्पूर्ण ब्याकराउन्ड स्टोरी सुनाउदै कर्कश टिम पब्लिसिटीमा उत्रिएको हो ।

 

रिलिज डेट सम्म ४५ लाख बजेट क्रस हुने यो फिल्म एउटा म्यूजिकल ब्याण्डको स्टोरी रहेको  बताईएको छ । फिल्ममा डेब्यू गर्दै चर्चित भिजे सुरज सिंह ठकुरी लिड रोलमा छन् । यसैगरी फिल्ममा अन्य लिड एक्टरहरु सत्यराज आचार्य, रेमनदास श्रेष्ठ र दयाहाङ राई हुन् । फिल्ममा फाईट मास्टर राजेन्द्र खड्गी र उनको छोरी रागिनीको साथमा हर्षिका श्रेष्ठलाई पनि देख्न सकिन्छ ।