
चर्किरहेको फिल्मकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको शिब सेना नेपालले फिल्म हल व्यवसायीहरूलाई फिल्म नचलाउन चेतावनी दिएको छ ।

घुम्दै फिर्दै फिल्मकर्मीहरुको आन्दोलन पुनः आमरण अनसनमा फर्किने भएको छ । पौष २ गते निर्देशक समाजका अध्यक्ष विमल पौडेलले सुरु गरेको आमरण अनसनबाट सरकारले केही लचकता देखाए पनि कार्यान्वयन नगरेपछि फिल्मकर्मीहरु पुनः आन्दोलित हुँदै आमरण अनसनमा उत्रिन लागेका हुन् ।

फिल्म जगतका सेलिब्रेटीहरुका लागि अमेरिका भ्रमण अब ठूलो कुरा भएन किन कि अबको समय पहिलेको जस्तै पनि छैन ।

चलचित्र बिकास बोर्डमा सदस्यको रुपमा नियुक्त भएका तीन फिल्मकर्मी विकास आचार्य, निलहरी काफ्ले र रामा मण्डलको राजिनामा गराईने तयारी भएको छ । संयूक्त आन्दोलन संघर्ष समितिको हिजो साँझ बसेको बैठकले आन्दोलनलाई सफल बनाउन एवं सरकारलाई दबाव दिनका लागि उनीहरुको राजिनामा माग्ने तयारी गरेको हो ।

सुटिङका हिसाबले 'बधाई छ तिमीलाई' फिल्मबाट कलिउड नगरीमा प्रवेश गरेका नवनायक बिष्णु कार्कीलाई दर्शकले भने 'कलिउड' फिल्ममा पहिलो पटक देखे ।

राष्ट्रिय चलचित्र बचाउ भन्ने मुख्य नाराका साथ फिल्म उधोगको विकासका लागि भन्दै बिभिन्न नौं बुँदा बोकेर आन्दोलनमा उत्रेका फिल्मकर्मीहरूलाई नेपाल चलचित्र संघले भने ऐक्यबद्धता नजनाउने भएको छ ।

