मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नतिजालाई पनि पास गरेन सेन्सरले

फिल्मीखबर, काठमाण्डौ, 2013/04/03

आपत्तिजनक दृश्य समावेश गरिएको भन्दै सेन्सर बोर्डले फिल्म नतिजालाई रिलिजको अनुमति दिएन । मंगलबार फिल्म हेरेपश्चात बोर्डले निर्माण युनिटलाई आपत्तिजनक दृश्य हटाएर ल्याउन आग्रह गरेको निर्देशक प्रमोद भण्डारीले बताए ।


निर्देशक भण्डारीले आफ्नो फिल्ममा कुनैपनि दृश्य आपत्तिजनक नरहेको भन्दै बोर्डको निर्णयप्रति आफ्नो बिरोध रहेको बताए । 'फिल्म नबुझेका मान्छेले फिल्मको भाषा नबुझ्दा मेरो फिल्मको सेन्सर पास हुन सकेन,' निर्देशक भण्डारीले भने- 'म आफ्नो फिल्म सम्पूर्ण फिल्मकर्मीलाई देखाएर प्रतिक्रिया लिएपश्चात मात्र सेन्सरको प्रक्रियामा जान्छु ।' फिल्मको एउटा गीत र ७/८ वटा सिनमा सेन्सरले आपत्ति जनाएको निर्देशकले जानकारी गराए ।

 

शक्ति पण्डित, सपना श्रेष्ठ तथा गोबिन्द तिमल्सिनाको संयुक्त निर्माण रहेको नतिजामा सोहित मानन्धर, हर्षिका श्रेष्ठ, बिशाल पोखरेल, शुशिल पोखरेल र सिर्जना सुब्बाको मुख्य भुमिका रहेको छ ।