Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

ज्यान मार्ने धम्की दिएको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

फिल्मीखबर, काठमाण्डौ, 2013/04/03

फिल्म पत्रकार बिजय आवाजलाई नायिका सुमिना घिमिरेले ज्यान मार्ने धम्की दिएको बिषयमा नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र पत्रकार संघले छुट्टाछुट्टै विज्ञप्ति निकाली यस बिषय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै ज्यान धम्कीको कडा शब्दमा निन्दा गरेको छ । यस्तै पत्रकार महासंघ र चलचित्र पत्रकार संघले घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न नायिका घिमिरेको ध्यानाकर्षण गराएको छ ।
 

                                                                                                                                                             
नेपाल पत्रकार महासंघको विज्ञप्ति



प्रेस विज्ञप्ति

 

समाचारको विषयलाई लिएर अभिनेत्री सुमीना घिमिरेले चैत्र २० गते साँझ अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज सुवेदीलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

अभिनेत्री घिमिरेले आगामी दिनमा आफ्ना बारेमा कुनै पनि समाचार नलेख्न धम्क्याउँदै टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याईदिने भन्दै पत्रकार सुवेदीलाई आपराधिक ढंगबाट ज्यान मार्ने धम्की दिएकी थिइन् ।

प्रकाशित समाचारप्रति गुनासो वा असहमति भए त्यस उपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुँदै सबै जनताले माया गर्ने कलाकारबाट यस किसिमको अशोभनीय कार्य हुनु आफैंमा निन्दनीय छ । चललित्रका हरेक गतिविधिका बारेमा आमजनतालाई सुसूचित गराउने पत्रकारलाई दिइएको ज्यान धम्कीको महासंघ कडा शब्दमा निन्दा गर्दछ । र, घटनाप्रति क्षमायाचना गर्न र प्रेसको संवैधानिक मर्यादालाई ख्याल गर्न अभिनेत्री घिमिरेको ध्यानाकर्षण गराउँदछ ।

 

ओम शर्मा
महासचिव
नेपाल पत्रकार महासंघ

 

नेपाल चलचित्र पत्रकार संघको विज्ञप्ति

 

प्रेस विज्ञप्ति

अभिनेत्री सुमीना घिमीरेले मंगलबार साँझ समाचारको विषयलाई लिएर यस संघका केन्द्रिय सदस्य तथा अनलाइन खबर डटकम र रेडियो कान्तिपुरका पत्रकार बिजय आवाज सुवेदीलाई अत्यन्त तल्लो स्तरको तुच्छ, निकृष्ट, असभ्य र असामाजिक भाषामा गालीगलौज गर्दै ज्यानको धम्कीसमेत दिएको घटनाप्रति संघ घोर निन्दा गर्दछ । अभिव्यक्ति स्वतन्त्रताका हिमायती राष्ट्रकै चौथो अंग एक पत्रकारलाई आगामी दिनमा आफ्ना बारेमा कुनै समाचार नलेख्न तथा टाउको झोला र खुट्टा खोलामा पुर्‍याइदिने भन्दै आपराधिक ढंगबाट दिइएको धम्की प्रति संघ गम्भिर भएको छ ।

एक सक्रिय पत्रकारमाथि एउटी उदाउँदी अभिनेत्रीले गरेको यो निन्दनीय हर्कतले सम्पूर्ण चलचित्र पत्रकार र पत्रकारिता जगत स्तब्ध भएको छ । अभिनेत्री घिमीरेले पत्रकार सुवेदीलाई दिएको ज्यान मार्ने धम्कीको चलचित्र पत्रकार संघ निन्दा र घोर बिरोध गर्दछ । न्युनतम मर्यादासमेत नाघेर पत्रकारलाई ज्यानको धम्की दिएकाले अभिनेत्री घिमीरेले गल्ती स्वीकार गर्दै जिम्मेवार नागरीक र नेपाली चलचित्र क्षेत्रको अंगका रुपमा प्रस्तुत गर्दै आफूलाई नसच्याए संघ उनलाई बहिष्कारसम्म गर्न बाध्य हुनेछ ।

 

लक्ष्मण सुवेदी
महासचिव
चलचित्र पत्रकार संघ