Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20149 - 20154 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-01-24, बिहिवार

अनसकारी फिल्मकर्मीहरुलाई हौसला दिने क्रममा आज हरिवंश अचार्य सहित दीपकराज गिरी, दीपाश्री निरौला लगायत नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी सहित काँग्रेस भातृसंगठन नेविसंघका पदाधिकारीले अनसकारीलाई भेटका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-24, बिहिवार

अबको ५० बर्ष पछिको नेपालको परिकल्पना गर्दै निर्देशक योगेश घिमिरेले निर्देशन गरेको लभस्टोरी फिल्म 'नोटबुक' को फस्टलुक फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-24, बिहिवार

पहिलो मिस नेपाल रुबी राणाले पुनः फिल्मी अभिनय प्रति रुची बढाएकी छिन् । पहिलो मिस नेपाल उपाधी जिते पश्चात उनले अनमोल र भुतुक्कै भएनी गरी जम्मा दुई वटा फिल्ममा हिरोईन भएर अभिनय गरेकी थिईन् तर ती दुवै फिल्मले उनलाई हिरोईनको रुपमा स्थापित गराउन चाहि सकेन । तर उनी फेरी फिल्मी अभिनयमा फर्किने निर्णयमा पुगेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-24, बिहिवार

अभिनेत्री मौसमी मल्लले आफूले निर्माण गरेको फिल्म 'समय' लाई रिलिज नगर्ने बताएकी छिन् । नेपाली फिल्मको विकास विस्तारका लागि भन्दै लामो समयदेखि चर्किरहेको फिल्मकर्मीको आन्दोलनलाई शुरूवाती दिन देखि नै सक्रिय रूपमा साथ दिदै आएकी मौसमीले फिल्म रिलिज गर्दा आफ्नो व्यक्तिगत स्वार्थ देखिने भन्दै माघ १९ गतेको रिलिज डेट पोस्टपोण्ड हुन सक्ने बताईन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-24, बिहिवार

तीतो सत्यमा दीपकराज गिरीका छोराको भूमिकामा अभिनय गर्ने  बालकालकार राज आचार्य पनि रिले अनसनमा उत्रिएका छन् । उनी आफ्ना पिता एवं निर्देशक शंकर आचार्यको साथमा आज मध्यान्न देखि रिले अनसनमा उत्रिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-23, बुधवार

'गुलाब एक पटक मात्र फुल्छ त्यसैले यो एक पटक फुल्ने गुलाबलाई ओईलाउन दिन्न म', नवनायिका अशिष्मा नकर्मीले फिल्म क्षेत्रमा आउनुको रहस्य खोल्दै भनिन्- 'अमेरिकाको एउटा करियर छोडेर फिल्म क्षेत्रमा करियर बनाउन नेपाल आएँ । अब यहि क्षेत्रमा नै गुलाब झैं फुलेर सुगन्ध छर्ने कोशिस गर्नेछु ।'

Results : 20149 - 20154 of 24005