
आज बिहिबार देखि लमजुङको घले गाँउमा सुरु हुने चलचित्र निर्देशक समाजको तेश्रो राष्ट्रिय चलचित्र वर्कशपको औपचारिक उद्घाटन हिजो बुधबार लमजुङ स्थित बेसीशहरमा गरिएको छ । निर्देशक समाजको सहयोगमा लमजुङ जेसिजले आयोजना गरेको साँस्कृतिक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले वर्कसप उद्घाटन गरेका हुन् ।

सिन्धुली तथा रोल्पाका द्धन्द पिडित बालबालिकाको सहयोगार्थ एनआरएन इजरायलले गत शुक्रबार र शनिबार फिल्म थ्री लभर्सको बिशेष शोको आयोजना गरेको थियो । इजरायलमा बम बर्षा भईरहेका बेला पनि तेल अभिब र आईफामा थ्री लभर्स हेर्न दर्शक निकै टाढाबाट आएको आयोजकले जानकारी दियो ।


कहिले आर्थिक समस्या त अखिले कलाकारको समस्या अनि कहिले अन्य प्राबिधिक समस्यामा रूमल्लिएको फिल्म 'म अनि तिमी' को एक बर्ष पछि आजबाट पुन: सुटिङ शुरू गरिएको छ ।

'मन होस् त निलिमाको जस्तो', कष्ट्यूम स्टाईलिष्ट निलिमा शर्मा तर्फ ईङगीत गर्दे दार्जिलिङ बासीले सोमबार साँझ भन्दै थिए जति बेला नेपालबाट दार्जिलिङ आईपुगेकी निलिमाले करिब एक लाख बराबरको सहयोग सामग्री हस्तानतरण गरेकी थिईन् ।

सम्भवत यस किसिमको अडियो विमोचन नेपाली रजतपटमा पहिलो पटक हुनुपर्छ जुन फिल्म सुटिङका लागि फ्लोरमा गएको एक हप्ता पश्चात भएको हो । सुरज सुब्बाको निर्देशनमा फ्लोरमा गएको वितेका पल फिल्म यूनिट तीन दिन देखि दार्जिलिङमा छ ।

