Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंकाकै कारण भिजिलान्तेको च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2013/04/03

सन् २००२ देखि मिस टिन प्रतियोगिता गर्दै आएको काठमाण्डौ जेसिजले सन् २००५ मिस टिन बिजेता नायिका प्रियंका कार्कीले अभिनय गरेको फिल्म 'भिजिलान्ते'को बुधबार साँझ राजधानीमा च्यारिटी गरेको छ । काठमाण्डौ जेसिसले प्रियंकाले अभिनय गरेकै कारण भिजिलान्तेको च्यारिटी गरेको जनाएको छ ।


काठमाण्डौ जेसिसका भाईस प्रेसिडेन्ट सुमन महर्जनले फिल्मीखबरसँग कुरा गर्दै भने- 'हामीले आयोजना गर्ने मिस टिनकी बिजेता प्रियंकाको फिल्म भएकाले च्यारिटी गरेका हौं ।' यो च्यारिटीबाट उठ्ने रकम सामाजिक विकासका लागि खर्च गरिने सुमनले बताए । हेल्थ क्याम्प, ब्लड डोनेशन, अनाथ बालबालिका तथा बृद्धहरूका लागि सहयोग गर्दै आएको जेसिसले यो रकम पनि यिनै कार्यमा खर्च गर्ने सुमनको भनाई छ ।


नेपालमा बनेको पहिलो थ्रीडी फिल्म भएर पनि होला कुमारी हलमा भिजिलान्ते हेर्न आएका दर्शकको उपस्थिती निकै बाक्लो थियो । च्यारिटीमा नायिका कार्कीको साथमा निर्देशक दीपेन्द्र के खनाल, नायक सुवास थापा, स्क्रिप्ट राईटर शान बस्नेत, सम्पादक दीर्घ खड्का लगायत भिजिलान्ते टिम उपस्थिती थियो । यो फिल्म यहि शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।