Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माउन्ट एभरेष्ट चढ्ने निशालाई तीतो सत्यको हौसला

फिल्मीखबर, काठमाण्डौ, 2013/04/04

आउने हप्ता माउन्ट एभरेष्ट चढ्ने तयारीमा रहेकी निशा अधिकारीलाई मेघा सिरियल तीतो सत्य टिमले हौसला प्रदान गरेको छ । हिजो साँझ तीतो सत्य टिमका कोर मेम्मबरहरुले निशालाई राष्ट्रिय झण्डाको साथमा आत्मवल बढाउने सुत्रहरु सिकाउदै हौसला प्रदान गरे ।

 

'एउटी महिला त्यसमाथि पनि आफ्नो फिल्डको भएकाले उनको आत्मबल बढाउनका लागि यो सानो फ्यामेली भेटघाट राखेका हौं,' किङ्गस वे स्थित आफ्नो प्रिय किङ्गस क्याफेमा दीपकराज गिरीले भने । यस्तै दीपाश्रीले आफूलाई सानो उकालो चढ्न डर लाग्ने भएपनि एउटा सहकर्मी बहिनीको यो ठूलो कदममा साहस बढोस् भन्ने कामना गरेकी छिन् । निर्मल शर्मा 'गैडा'ले पनि निशाको यो प्रयास गर्नु नै ठूलो रहेको भन्दै आफूहरुले मात्र हैन सबै फिल्मकर्मीहरुले एक जुट भएर सहयोग गर्नुपर्ने बताउँछन् ।

 

'सानो भेटघाटले पनि आँटहरु थप बढ्ने रहेछन्,' निशाले भनेकी छिन् । निशालाई सोही क्रममा ग्रिन सिटी हस्पिटलका ईन्भेष्टर एलवी टण्टनले आर्थिक सहयोग एवं शुभकामना दिएका थिए । 'सेफ योरसेल्फ बाई सेभिङ द नेचर' भन्ने नारा बोकेर निशा ८ हजार ८ सय ४८ फिटको उचाईमा पुग्नका लागि अन्तिम तयारीमा छिन् । माउन्ट एभरेष्ट चढ्नका लागि उनलाई आवश्यक पर्ने ३५ लाख रकम संकलनमा रोटरी क्लवले सहयोग गरेको छ ।