Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

साँघुरोमा नायक मैनालीको यौन कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/04/04

झण्डै एक दशक अगाडीको कुरा हो, म काठमाण्डौको गौरीघाटमा दुई वटा कोठा भाडामा लिएर श्रीमती र आमाको साथमा बस्थें । श्रीमती र म किचनमा सुत्थ्यौं भने आमा अर्को कोठामा सुत्नु हुन्थ्यो । एकदिन फुपु र अन्य केहि आफन्त बस्ने गरेर आउनु भयो । बस्ने ठाउँ निकै साँघुरो थियो । मैले फुपुलाई किचनमा सुत्ने व्यवस्था त मिलाएँ तर आफ्नै सुत्ने ठाउँ मिलाउन गार्‍हो भयो ।

 

धेरै दिन भएको थियो श्रीमतीसँग निकट नभएको । त्यस दिन श्रीमतीसँग सम्बन्ध राख्नलाई पूर्ण रूपमा माईण्ड मेकअप गरिसकेको थिएँ । फुपु आईदिनाले म बिछिप्त बनें । तर पनि आफ्नो प्रयास खेर जान नदिन आमाको कोठामा भुईंमा नै भएपनि सुत्ने व्यवस्था मिलाएँ । आमा माथी खाटमा सुत्नु भयो भने म र श्रीमती छोरो च्यापेर तल भुईंमा सुत्यौं । रात छिप्पिदै गयो तर श्रीमतीलाई मनाउन गार्‍हो हुँदै गयो । हिन्दू नारी भएको नाताले पनि सासु आमाको अगाडी श्रीमती सहवासका लागि राजी हुन मानिनन् । निकै बेरको प्रयास पछि म आफ्नो काममा सफल त भएँ तर सन्तुष्ट हुन सकिन ।

 

माथीको घटना कुनै फिल्मको काल्पनिक घटना नभएर एक नवनायकले आफ्नो जीवनमा भोगेको यथार्थ घटना हो । र, यो घटना यि नायकले मात्र हैन अधिकांश नेपाली जो बैबाहिक बन्धनमा बाँधिएका छन् उनीहरूले पनि भोग्दै आएको यथार्थ घटना हो । यहि यथार्थ घटनालाई जोएस पाण्डेले फिल्म 'साँघुरो'मा प्रस्तुत गरेर दर्शकको मन जित्ने कोसिस गरेका छन् । माथीको घटनालाई भोग्ने पात्र यहि फिल्ममा मुख्य भुमिका निर्वाह गरेका नायक शुशांक मैनाली हुन् ।

 

नायक मैनालीले फिल्मीखबर सामु आफूले रियल लाईफमा भोगेका कथालाई रिल लाईफमा प्रस्तुत गर्न पाउँदा काम गर्न सजिलो भएको अनुभव साटे । उनले भने- 'कथाको मर्मलाई बुझ्न निकै सजिलो भयो ।' उनले यो फिल्मलाई हरेक नेपालीको कथा भनेका छन् । फिल्म हेरेपछि नै दर्शकले आफ्ना भोगाई र बुझाईलाई अझ मज्जाले अनुभव गर्न सक्ने उनले बताए । 'फिल्ममा मैले भोगेको पिडामा दर्शक रमाउनेछन्,' नायक मैनालीले भने- 'फिल्म हेरेर बाहिर निस्केपछि दर्शकलाई त्यसको असर लामो समयसम्म पर्छ ।'

 

 

नेपाली समाजमा घटिरहेको यौन कुण्ठाको यथार्थ घटनालाई मुख्य बिषय बनाएको यो फिल्मलाई समिर मैनाली प्रोडक्सनको व्यानरमा समिर मैनालीले निर्माण गरेका हुन् । फिल्ममा नायक मैनालीलाई नायिका दीया मास्केले साथ दिएकी छिन् । दयाहाङ राई, अरूणा कार्की र रवि गिरीको समेत अभिनय रहेको यो फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् भने छायाँकन सुसन प्रजापतीले गरेका हुन् । फिल्ममा मदन गोपालको संगीत रहेको छ भने गीत अविरल थापाको रहेको छ ।

 

समस्या र अभावबीच जीवन चलाइरहेको परिवारमा नियमित क्रमिकता भन्दा बाहिरको एउटा घटनाले परिस्थितिहरु हरेक पात्रको विपरित बनाइदिन्छ । अनि तिनै विपरितका परिस्थिति र अभावमा जुधिरहदा पात्रहरु मानसिक र शारीरिक रुपमा कमजोर, विभाजित र विक्षिप्त बन्दै जान्छन् । यहि कथासार रहेको यो फिल्म यहि बैशाख १३ गतेबाट प्रदर्शनमा आउँदै छ ।