Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थ्रीडी `भिजिलान्ते` क्यूएफएक्स र एफक्यूबमा मात्र लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/04/04

राजधानीका तीन मल्टिप्लेक्स हल क्यूएफएक्स सेन्ट्रल, कुमारी र एफक्यूबमा मात्र नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते' रिलिज हुने भएको छ । भोली शुक्रबारबाट राजधानीका झण्डै एक दर्जन हलमा थ्रीडी भर्सनमा भिजिलान्ते रिलिज गर्ने तयारी भएपनि प्राबिधिक कारणले यि तीन हलमा मात्र लगाउनु पर्ने अवस्था आएको निर्देशक दीपेन्द्र के. खनालले फिल्मीखबरलाई जानकारी गराए ।

 

'आज दिनभर नै थ्रीडीमा लगाउने कोसिस गर्‍यौं तर हलको प्राबिधिक समस्याले गर्दा टुडीमा नै लगाउनु पर्ने बाध्यता आएको छ,' निर्देशक खनालले भने- 'यसबाट दर्शकमा पर्न गएको असुबिधा प्रति निर्माण युनिट क्षमायाचना माग्दछ ।' कतै हलको प्रोजेक्सन खराब त कतै बल्बको समस्या भएकाले दर्शकलाई थ्रीडीको मज्जा लिन उल्लेखित तीन हलमा पुग्न निर्देशक खनालले आग्रह पनि गरे ।

 

यस्तै मोफसलका पोखरा, नारायणगढ, हेटौंडा, उर्लाबारी र दमकमा मात्र भिजिलान्ते थ्रीडी भर्सनमा रिलिज हुने भएको छ । बाँकी हलहरूमा विस्तारै थ्रीडीमा नै रिलिज गर्दै जाने निर्देशक खनालको भनाई छ । `नेपालको पहिलो थ्रीडी फिल्म सबै हलमा एकै पटक लगाउने मन थियो तर हलको समस्याले सकिएन,' निर्देशकले चिन्ता व्यक्त गरे ।

 

सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान, ए गुरुङ, दीपशिखा शाही र शंकर आचार्यको मुख्य भुमिका रहेको यो फिल्मले समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किईएको छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने लेखन शान बस्यानतको हो । यस्तै फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।