Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्थ डेमै अनुपले सके `फिटकिरी`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/04

अभिनेता टर्न निर्देशक अनुप बरालले आफ्नो जन्मदिनको अवसर पारेर बिहिबार फिल्म 'फिटकिरी'को सुटिङ प्याकअप भएको घोषणा गरे । आज बिहिबार सुटिङ स्पटमा नै ४३ औ जन्मदिन सेलिब्रेट गरेर अनुपले ३६ दिनमा सुटिङ सकिएको घोषणा गरेका हुन् ।

 

 

ललितपुरको झम्सिखेल स्थित मोक्ष रेष्टुरेन्टमा फिल्म निर्माण युनिट माझ अनुपले बर्थ डे केक काटे भने उनलाई उपस्थित सबैले जन्मदिनको शुभकामना दिए । यस्तै आफैले सञ्चालन गरिरहेको एक्टर्स स्टुडियोका विद्यर्थीहरुले केक काट्ने व्यस्था गर्दा आफू निकै हर्षित भएको बताउँदै अनुपले गत बर्षको तुलनामा यो बर्षको जन्मदिन अविश्मरणिय रहेको बताए ।

 

 

रोड प्ले तथा थिएटर पर्फमेन्स एवं डाईरेक्सनको २२ बर्षे अनुभव संगाल्दै फिटकिरी मार्फत फिचर फिल्मको निर्देशक बनेका अनुपले दर्शकलाई लागि नयाँ स्वादको फिल्म ल्याउने बताए । सौगात मल्ल र दीया मास्केको मुख्य भुमिका रहेको सस्पेन्स थ्रील शैलीको यो फिल्ममा फिल्म लुटका डाईरेक्टर निश्चल बस्नेत, पूर्णेन्दु झा, धीरेन्द्र प्रेमर्शी र रमेश रञ्जन झाको पनि अभिनय रहेको छ ।

 

 

फिल्मको कथा निकै चर्चित फिल्म जर्नलिष्ट यज्ञशले तयार गरेका हुन् । गीत लेखन पनि चर्चित गीतकार भुपेन्द्र खड्काको रहेको छ ।  चपली हाईट प्रोड्यूसर अर्जुन कुमारले यो फिल्मलाई नयाँ प्रोड्यूसर सुमित मैनालीसंगको साझेदारीमा निर्माण गरेका हुन् । मेघा ईन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो फिल्मलाई पूरुषोत्तम प्रधानले खिचेका हुन् ।