फिल्मी बजारमा भन्ने गरिन्छ हरेक बिषयमा रेखा भाग्यमानी छिन् । चाहे त्यो कन्ट्रोभर्सीको मामला होस वा अन्य चिजको । अलिकति भएपनि फाईदा उनकै भागमा ।
धर्मेन्द्र मोरवैता (पप्पु) बिकास बोर्ड अध्यक्ष बन्ने कसरत गरिरहदा माओवादी अध्यक्ष प्रचण्डलाई भेटी पप्पुको विरोधमा भित्रभित्रै उत्रिएकी रेखा आज तीनै पप्पुसंग नजिकिदै उनैको सल्लाहकार भएकी छिन् ।दोलखा भिमसेन मन्दिर दर्शन होस् वा होलीको रंग छर्किने बेला रेखा र पप्पु संगै–संगै थिए । अझ भन्नु पर्दा उनीहरुको यो निकटता शिवरात्रीको दिन गाँजाको एकै सर्को ताने पश्चात गहिरो गरी सुरु भएको हो ।
श्रोत अनुसार यो गाडापनको यात्रा ब्यवसायिकता तर्फ पनि लम्किदैछ । पैसावाल पप्पुलाई रेखाले आफ्नो फिल्मको प्रोडक्सन पार्टर बनाउने तयारी गरिरहेकी छिन् । सम्भवत जेठ महिनामा फ्लोरमा जाने रेखाको काली फिल्ममा पप्पुले लगानी गर्दैछन् । यध्यपी त्यो सहकार्य सफल नभएमा सुनिल कुमार तथा झरना थापासंग मिलेर रेखाले पप्पुलाई नयाँ फिल्मको पार्टनर बनाउने छिन् । पप्पु पनि उनीहरुसंग लगानी गर्न राजी भएको पप्पु निकट श्रोत बताउछ ।
बोर्ड अध्यक्ष नबने पनि बोर्ड सल्लाहकार पदमा जानु र हिजोको दिनमा पप्पुको विरोध गरेपनि आज तीनै पप्पुले रेखालाई फिल्म निर्माणमा सघाऊ पुर्याउने संकेत देखाउनुले फाईदाको नयाँ ड्रप फेरी पनि रेखाको भागमा पर्ने निश्चत छ ।

