Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ईन्डक्ल्यापमा साथीलाई विशेष ट्रिट

फिल्मीखबर, काठमाण्डौ, 2013/04/06

आर्मी ब्यारेक भित्रको केही सिन खिच्नका लागि दुई महिना कुरेर गोविन्द राईले पहिलो प्रोजेक्टको फ्लोरको काम सकेका छन् । नागबेली टाईटलको ड्रिम प्रोजेक्टको फ्लोरको काम सकिएसंगै उनले ईन्डक्ल्याप पार्टी आयोजना गरेका थिए जहाँ उनका हितैषी फिल्कर्मीहरु देखि लिएर टिमका काष्ट र क्रुहरुको जमघट थियो ।

 

साथी भनेर सम्बोधन गर्ने गोविन्दले करिश्मालाई विशेष ट्रिट गरेका थिए सो ईन्डक्ल्यापमा । ईन्डक्ल्यापमा नम्रता श्रेष्ठ देखि लिएर एक समयकी सेक्सी हिरोईन रुपा रानाको पनि उपस्थिती थियो । 'हाम्रो फिल्ममा हरेक क्यारेक्टरको आ–आफ्नै क्लाईमेक्स रहेकाले हामीले दुई महिना कुरेर ब्यारेक भित्रको सिन सकेका हौ त्यसकारण पनि सकेसम्म राम्रो फिल्म बनाउने कोसिस गरेका छौ,' कोरियोग्राफर टर्न डिरेक्टर राईले भने ।

 

नागवेलीको स्क्रिप्ट चर्चित समिक्षक दीपेन्द्र लामाको हो त्यसकारण पनि यो फिल्मको कन्टेन्ट दर्हो हुन सक्ने अनुमान लगाईएको छ । हरेक नेपालीको कथा भनिएको नागबेलीमा रोमियन लिम्बु र मनकुमार चेम्जोङको लगानी छ । फिल्मका लिड एक्टरहरु विक्की मल्ल, सुरभी जैन, एसराज तथा हर्षिका श्रेष्ठ हुन् ।