Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(104 votes, avg 4.96/5.00)
Text size:-
+
-

सरकारका मुख्य सचिवले हेरे `रिदम`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/06

नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्यालले शनिबार पाचौं सातामा चलिरहेको फिल्म 'रिदम' हेरे । नेपाल चलचित्र संघको कार्यालयमा पुगेर उनले आफ्ना परिवारका साथ रिदम फिल्म हेरेका हुन् ।

 

'फिल्मको बारेमा निकै चर्चा चल्यो त्यसैले आज छुट्टी मिलाएर परिवारका साथ फिल्म हेर्न आएको हुँ,' फिल्मीखबरसामु कुरा गर्दै पौड्यालले भने- 'फिल्म हेर्ने मौका त खासै जुर्दैन तर पनि चर्चामा आएको फिल्म हेरौंन त भनेर आईयो ।' फिल्म हेरेपश्चात प्रतिक्रिया दिँदै पौड्यालले दुई घण्टा वितेको पत्तै नभएको बताए । 'फिल्मको विषयबस्तु निकै राम्रो लाग्यो,' उनले थपे- 'यो फिल्मले जातिय एकता र राष्ट्रिय सद्भाव कायम गर्छ ।'

 

यता मुख्य सविचलाई फिल्म देखाएपछि निर्देशक विकास आचार्यले भने- 'यो फिल्म जनताले त हेरिसके अब राष्ट्रका प्रमुख राजनेताहरूले हेर्नुपर्छ भन्ने मेरो धारणा हो ।' उनले केहि राजनैतिक दलका नेताहरूले फिल्म हेर्न चासो देखाएको पनि बताए । 'सम्भवत: मंगलबार सम्ममा मोहन बैध ज्यूले पनि फिल्म हेर्नुहुन्छ होला,' उनले भने- 'उहाँहरूले फिल्म हेर्न चासो देखाईरहनु भएको छ ।' मुख्य सचिवले फिल्म हेर्नु आफैमा गर्वको कुरा रहेको बताउने नायक जीवन लुईटेल आफ्नो कामको प्रशंशा गरिदिंदा मख्ख देखिन्थे ।

 

यस्तै नायक लुईटेलले यहि चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'नोटबुक' पनि हेर्न मुख्य सचिवलाई आग्रह गरे । 'नोटबुकले पनि राष्ट्रियताको कथा बोकेको छ । त्यसैले यो फिल्म पनि हेर्न आग्रह गर्दछु,' जीवनले पौड्याललाई आग्रह गरे । पौड्यालले पनि समयले साथ दिए नोटबुक पनि हेर्ने बताए । फिल्म रिदम हेर्न नोटबुक निर्माता प्रज्ञा जोशी र नायिका नीता ढुंगानाको साथमा नवनायक शेन सापकोटा पनि उपस्थित थिए ।