Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाण्डे र निरौला शोकमा

फिल्मीखबर, काठमाण्डौ, 2013/04/06

गीतकार तथा गोपीकृष्ण टिभी फिल्मीका स्टेशन म्यानेजर दयाराम पाण्डे मातृ शोकमा परेका छन् । दम रोगी उनकी आमा भोजकुमारीको ५८ बर्षको उमेरमा गए राति निधन भएपछि उनी शोकमा परेका हुन् ।

 

दयारामकी आमाको काठमाण्डू मेडिकल कलेज सिनामंगलमा उपचार भईरहदा निधन भएको हो । आमा विरामी भएका कारण पछिल्लो केही हप्तादेखि सार्वजनिक कार्यक्रममा त्यति नदेखिएका पाण्डे गृह जिल्ला स्याङजा पुगी दाहसस्कारमा जुटेका छन् ।

 

यसैगरी निर्देशक बसन्त निरौला पनि पितृ शोकमा परेका छन्  । दम र अल्सर पिडित उनका पिता दिनानाथको आज निधन भएको हो । गीतकार पाण्डे र निर्देशक निरौलालाई यो शोकको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने फिल्मीखबर कामना गर्दछ ।